५० लाखको काण्डमा अनमोलको स्पस्टीकरण, अफर आएकै हो ( भिडियो सहित् )

काठमाण्डौ । नेपाली फिल्म इन्ड्रस्टीमा ह्वात्तै आफ्नो स्ट्राडमलाई कायम गर्न सफल नायक अनमोल केसी साँच्चै दर्शक र स्रोता बिच लोक प्रिय छन् । नेपाली फिल्म क्षेत्रका सम्पुर्ण दर्शक र मिडीयोको चर्चाको केन्द्र बिन्दुहुन अनमोल । चकलेटी नायकका रुपमा उदाएका अनमोल पछिल्लो समय एक एक्सन अबतारमा कृ मार्फत दशृक माझ प्रश्तुत हुन लागेका छन् । जुन चार फिल्मबाट सुपरस्टारको रुपमा उभ्याएका अनमोल झन्डै डेढ वर्षपछि फिल्म ’कृ’मार्फत आँफु ठूलो पर्दामा फर्किदैछन् ।
पैसाको लोभमा भन्दा पनि राम्रो कथा भेटेमात्र फिल्म साइन गर्ने अनमोललाई केहीदिन यता नेपाली निर्माताहरुले ५० लाखसम्म अफर गरेको चर्चा चलचित्र नगरीमा राम्रै सँग फस्टाएको गसिप हो । झरना थापाका श्रीमान सुनिल कुमार थापा, छविराज ओझाका छोरा साकार ओझा, ’झ्यानाकुटी’ निर्देशक सिमोस सुनुवार, ’कृ’ निर्देशन सुरेन्द्र पौडेल लगायतका निर्माता तथा निर्देशकले अनमोललाई ५० लाखसहित फिल्म अफर गरेका थिए । तर, यस विषयमा मौन रहेका अनमोलले शुक्रवार आफू अभिनीत फिल्म ’कृ’को ट्रेलर रिलिज कार्यक्रममा यथार्थ कुरा सबै सामु छर्लङग पारि दिएका छन् । पत्रकारको प्रश्नको जवाफ दिँदै अनमोलले भने, ‘हो, म सधै यस्ता कुराहरुमा मौन नै रहने गर्छु । मलाई के लाग्छ भने म आफू कामले प्रमाणित गर्न चाहन्छु । यदी पैसाकै लागि मैले फिल्म गर्ने भए एक वर्षमा मेरो एउटा मात्र फिल्म हलमा आउँदैन थियो ।’

‘मलाई कथा नै मन पर्नु पर्छ । बजारमा मलाई ५० लाख अफर गरिएको खबर आएको थियो त्यो सत्य हो पनि अझै ४र५ जना व्यक्ति ५० लाखको अफरसहित आउनुभएको छ । तर म पैसाका लागि फिल्म गर्दिन ।’ अनमोलले थपे । माघ २६ गतेलाई ’कृ’मार्फत आउन लागेको अनमोल फेरी चाँडै निर्देशक दीवाकर भट्टराईले निर्देशन गर्ने फिल्म ’क्याप्टेन’मा काम गर्दैछन् । यो फिल्ममा अनमोल फुटटबल खेलाडीको भूमिकामा प्रस्तुत हुने भएका छन् ।

हेर्नुस् भिडियो

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video