‘कृ’को ट्रेलर सार्वजनिक कार्यक्रममा नायक अनमोल बडीगार्ड सहित प्रवेश, कार्यक्रम बन्यो अनमोलमय ( भिडियो सहित )

२९ मंसिर, काठमाडौं–
बहुप्रतिक्षित चलचित्र ‘कृ’को ट्रेलर सार्वजनिक कार्यक्रममा आज कसैको चर्चा थियो त नायक अनमोल केसीको नै थियो । साँच्चिकै भन्ने हो भने बर्षभरीनै प्रतिक्षा गरिएको चलचित्र ‘कृ’ तर्फ त सबैको ध्यान थियो नै तर, अझ बढी ध्यान खिच्न सफल भए नेपाली सिने जगतमै सर्वाधिक चर्चा कमाउन सफल नायक अनमोल केसी । यतिबेला अनमोल केसीको स्टारडम नेपाली सिनेजगतमा निकै चर्चामा छ । नायक भुवन केसीका सुपुत्र अनमोललाई बलिउडका नायकहरुसँग समेत तुलना गरिन थालिएको पाईन्छ ।

हेर्दै लोभलाग्दो र आकर्षक नायक अनमोल अत्यन्तै क्युट लुकअपका साथ अनमोल कार्यक्रममा भित्रिएका थिए । अनमोलको आकर्षण बाहेक अर्को कार्यक्रमको रोचक पक्ष भनेको अनमोल उक्त पत्रकार भेटघाटमा वडी गार्डका साथ प्रवेश गरेका थिए । थुप्रै क्यामेराहरु तेर्साईएको थियो अनमोलको अघिल्तिर, यो सबै दृश्यका अगाडी अनमोल केसी सबैको ध्यान केन्द्रित गर्न सफल भएका थिए ।

उनले कार्यक्रममा एकदमै शालिन तरिकाले बडीगार्ड आफूलाई फिल्म युनिटलेनै उपल्ब्ध गराएको जानकारी गराएका थिए । माघ २६ गतेदेखि देशैभर प्रदर्शनमा आउने जानकारी गराईएको चलचित्र ‘कृ’ को ट्रेलर सार्वजनिक कार्यक्रममा अनमोल साँच्चिकै स्टारडम मेन्टेन गर्न सफल भएको देखिन्थ्यो ।
कार्यक्रमको पुरा भिडियो

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video