२९औँ जन्मोत्सबमा केक काट्दै केकी अधिकारी (फोटो फिचर)

काठमाण्डौ ।
२०४६ साल पुष २ गते जोरपाटीमा जन्मीएकी केकी अधिकारीले आज आफ्नो २९औँ जन्मोउत्सब मनाएकी छन् । रियालिटी शो, म्युजिक भिडियो हुँदै ‘स्वर’बाट नेपाली फिल्ममा डेब्यु गरेकी अभिनेत्री केकी अधिकारी एक कुशल र सफल नायिकाका रुपमा चिनीएकी छन् । पिता बद्री अधिकारी र माता लक्ष्मी अधिकारीकी पहिलो सन्तानका रुपमा काठमाण्डौमा जन्मीएकी केकीले पेशा र कर्म प्रति खुसीका साथ आथ २९औँ जन्म दिन आफ्नो आउन लागेको चलचित्र राज्जा रानी टिम सँग मनाएकी हुन् ।


स्वभाव र अभिनयले अत्यन्तै सालिन तथा दर्शक स्रोतको साथ र मायाँ पाएकी केकीले आफ्ना ‘बर्थ डे’मा केट काट्दै आफुलाई सबैले साथ दिएकोमा धन्यबादका साथ जन्मदिनको दिनमा सबैजना आफूलाई बच्चा महशुस गर्ने र मलाई पनि त्यस्तै महशुस भईरहेको बताएकी छन् ।

केकीले खुसीहुदै थपिन् ‘यो दिन सबैका लागि विशेष हुन्छ । हामी जन्मदिनको दिन बच्चा हुन पाउँछौं त्यसैले पनि मलाई यो दिन झन विशेष लाग्छ ।’ पहिलो पटक ’कोहलपुर एक्सप्रेस’बाट फिल्म निर्माणमा समेत हात हालेकी केकी अभिनीत ’राज्जा रानी’ पुष २१ गतेबाट प्रदर्शनमा आउँदैछ र यसैको प्रमोसनमा उनि निकै ब्यस्त पनि छिन् । ’फन्को’, ’भाग् सानी भाग्’, ’लभ सासा’, ’घामपानी’, ’आई एम सरी’, ’श्री ५ अम्बरे’, ’मसान’ लगायतका फिल्ममा अभिनय गरेकी केकीले दर्जन बढी अवार्ड समेत हात पारिसकेकी छिन् । कुशल अभिनयसँगै उनी नेपाली फिल्म क्षेत्रमा सबैभन्दा धेरै अध्ययन गर्ने अभिनेत्री समेत हुन् । जे भए पनि केकीको करियरमा यस्तै मुस्कान देख्न पाईयोस्, जन्मदिनको धेरै धेरै शुभकामना केकीलाई ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video