चलचित्र लालपूर्जाका ३ खास बिशेषता, ताजा तस्विर सहित

काठमाण्डौ ।
चलचित्र लालपूर्जा एक बिशेष चलचित्र हो, यस मानेमा पनि बिषेश छ की जस्मा छड्केका निर्देशक यस चलचित्रबाट कमब्याक हुदैछन् भनेकलाकार पल्टन र रुचाइएका उपन्यासकार कुमार नगरकोटीका डेब्यु सिनेमाका रुपमा लालपुर्जा आउदै छ। मिस्टिक कमेडी जानरामा बनेका फिल्ममा सौगात मल्ल मुख्य भूमिकामा छन् भने उनलाई डेब्यु गर्ल मिरुना मगरसँग जोडी बाँधेको देख्न सकिन्छ ।

चलचित्र लालपुर्जालाई निर्माता एवं अभिनेता विक्रमसिंह थारुले केन्द्रिय द्धन्द्ध भौतिकवाद र अध्यात्मवादबीचको लडाइ हो भन्ने तर्क अगाढी सारेका छन् । ‘भौतिक पदार्थको महत्व सकिएपछि उत्पन्न हुने आध्यात्मिकता यसको कथावस्तु हो’ थारुले भने, ‘फिल्म हार्डकोर मेनस्ट्रिमबाट हटेर कलाको खोजीमा उत्रिएको छ ।’ उनले उमेश श्रेष्ठसँग मिलेर संयुक्तरुपमा सिनेमा निर्माण गरेका हुन् ।

फिक्सन डिजाइनरको रुपमा चर्चित लेखक नगरकोटी यसमा अतिथि लेखकको रुपमा प्रस्तुत भएका छन् । उनीद्धारा लिखित पुस्तकबाट फिल्ममा फेन्टासी स्थानको नाम लिइएको छ । जस्तो ः कुमागल्ली, मिस्टिका झरना, अक्षरगञ्ज, फोसिल गाउँ आदी थलोको ट्रान्जिटको रुपमा मितेरी गाउँ बुनिएको छ । जसलाई लमजुङमा सुट गरिएको हो ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video