यो जोवन साँचेर राखें तिमीलाई’ को शुभ मुहुर्त सम्पन्न

काठमाडौं।

फिल्म ‘यो जोवन साँचेर राखें तिमीलाई’ को शुभ मुहुर्त सम्पन्न । प्रेमकथामा आधारित फिल्म ‘यो जोवन साँचेर राखें तिमीलाई’ को शुभमुहुर्त गरिएको छ । सोमबार निर्माण पक्षले काठमाडौंको कमलादी मन्दिरमा मुहुर्त गरेको हो । फिल्मको निर्देशन मिलन आले मगरले गर्ने भएका छन् । फिल्मको अहिले वर्कसप चलिरहेको निर्देशक मिलनले बताए । काठमाडौँ र बन्दिपुरका रमणीय स्थलमा छायांकन गरिने यो फिल्म ३० दिनमा इन्डक्ल्याप हुने उनले जनाएका छन् ।


देव लामा र रमेश शर्मा फिल्मका निर्माताहरु हुन् । फिल्ममा प्रेम लामा, सोनु गिरी, सुकृया श्रेष्ठ, नवराज अधिकारीलगायतको अभिनय रहनेछ । फिल्ममा सुरेश पाण्डे र देव महर्जनको द्वन्द हुने बताईएको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video