‘सत्रु गते’ को ‘रुपै मोहनी’ मा हरिवंशदेखि पल शाह, दिपादेखि आँचलसम्मको छमछमी यस्तो देखियो(भिडियो सहित)

काठमाडौं पुस, ३–
नेपाली सिने जगतकै चर्चित कलाकारहरुलाई समावेश गरिएको चलचित्र ‘सत्रु गते’ को गीतको भिडियो तामझामका साथ छायांकन गरिएको छ । उपत्यकाको चिसोलाई समेत प्रवाह नगरी उक्त गीतको छायांकनमा सम्पूर्ण कलाकारहरु मस्त देखिन्थे । ‘रुपै मोहनी नारन रुपै मोहनी’ बोलको गीतमा नेपाली सिने जगतका लगभग चर्चित कलाकारहरुको अभिनय देख्न सकिन्छ । उक्त गीतको छायांकन काठमाडौंको चावहिलमा रहेको समता अस्पतालमा गरिएको हो ।

अस्पतललाई सिंगारेर झिलिमिली पारिएको सुटिङ स्पोट हेर्दा कुनै हिन्दि फिल्मको सुटिङ स्पोटको झल्को दिए जस्तो देखिन्थ्यो । ‘रुपै मोहनी नारन रुपै मोहनी’ बोलको गीतमा नेपालका चर्चित कलाकारहरु हरिवंशं आचार्यदेखि पल शाह तथा दिपाश्री निरौलादेखि आँचल शर्मासम्मका कलाकारलाई फिचरिङ गराईएको छ ।

जसमा, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, आँचल शर्मा, प्रियंका कार्की, बसुन्धरा भुषाल लगायत कलाकारको मुख्य भूमिका रहेको छ । उक्त गीत संगीतकार टंक बुढाथोकीले तयार पारेका हुन् भने भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । चैत्र ९ गतेबाट देशैभर प्रदर्शनमा आउने चलचित्रमा प्रदिप भट्टराइको निर्देशन रहेको छ । नेपालका सिने जगतका विख्यात कलाकारको अभिनय रहेकाले चलचित्र निकै राम्रो बनेको आशा गर्न सकिन्छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video