नेपाल चलचित्र संघको नवनियुक्त चलचित्र विकास बोर्ड अध्यक्ष पौडेललाई बधाई शुभकामना कार्यक्रम सम्पन्न

काठमाडौं पुस, ४–
नेपाल चलचित्र संघले नवनियुक्त चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेललाई बधाई तथा स्वागतको कार्यक्रम सम्पन्न गरेको छ । सोमबार चलचित्र संघले नवनियुक्त अध्यक्षलाई स्वागत तथा बधाईको कार्यक्रम सम्पन्न गरेको नेपाल चलचित्र संघका अध्यक्ष प्रदिप कुमार उदयले जानकारी दिए ।

संघका अध्यक्ष उदयको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा समरोहमा संघका पदाधिकारीहरु लगायत निर्माता संघ, चलचित्र पत्रकार संघ, कलाकार संघका पदाधिकारीहरु तथा चलचित्र क्षेत्रका विशिष्ट व्यक्तिहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा नवनियक्त बोर्ड अध्यक्ष पौडेलले आफू सदैव चलचित्र क्षेत्रको विकासमा निरन्त लागि पर्ने र आफ्नो दुई वर्षे कार्यकालमा गर्ने सम्पूर्ण कार्य योजना छिट्टै सार्वजनिक गर्ने जनाएकी थिईन् ।

त्यस्तै, नेपाल चलचित्र संघका अध्यक्ष प्रदीप कुमार उदयले नेपाली चलचित्र क्षेत्रको विकासमा लामो समयदेखि आबद्ध परिवारको पहिलो महिला सदस्य निकिता पौडेल जस्तो सक्षम व्यक्ति चलचित्र बिकास बोर्डले पाएको हुँदा आफूहरुले गर्वको महसुस गरेको जनाए । उनले भने, ‘उहाँको विषयमा नकारात्मक टिप्पणी गर्नु भन्दा सम्पूर्ण चलचित्रकर्मी एक भई उहाँले गर्ने चलचित्र क्षेत्रका हरेक विकास निर्माणको काममा सघाउन अनुरोध गर्छु ।’

 

 

 

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video