तरकारीवालीको अभिनय रहेको चलचित्र ‘लम्फू’ को रिलीज मिति घोषणा

४ पुस, काठमाण्डौ–
छायांकनमै लामो समय लागेको नेपाली चलचित्र ‘लम्फू’ प्रदर्शनको मिति घोषणा गरेको छ । निर्माण पक्षले जनाएअनुसार यो चलचित्र २०७५ बैशाख २८ गते प्रदर्शन हुने पक्का भएको छ । यो चलचित्रमा एक जना यस्ता नव नायकको अभिनय रहेको छ जसले नेपालको एक मात्र फिल्म कलेज ओस्कार इन्टरनेशनल कलेजबाट कलाकारितामा स्नातक तहको अध्ययन सम्पन्न समेत गरेका छन् । उनी हुन् नव नायक कबिर खड्का । नवनायक कबिरसँगै चलचित्रमा सलोन बस्नेत, मरिश्का पोखरेल, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई, तरकारीवालीको नामले चर्चित कुशुम श्रेष्ठ लगायतको मुख्य भूमिका रहेको छ ।

 

तरकारीवाली उर्फ कुशुमले पनि ‘लम्फू’बाट नै चलचित्रमा डेब्यू गरेकी हुन् । कुशुम गत बर्ष संसारभर तरकारीवालीको नामले चर्चित बनेकी थिइन् । उनका दुई तस्वीर संसारभर करोडौँ पटक शेयर भएका थिए ।

एक युवाको जीवनमा आईपर्ने अकल्पनिय घटनाहरुलाई समेटेर निर्माण गरिएको चलचित्रलाई गोपालचन्द्र लामिछाने निर्देशन गरेका हुन् । चलखचित्र ‘लम्फू’मा प्रेम कथालाई प्रधान मानिएको छैन । निर्देशक लामिछानेका अनुसार समय र परिस्थितिले मानिसलाई नायक र खलनायक दुबै बनाउछ भन्ने कुरालाई चलचित्रले समेट्न खोजेको छ ।

 

पपुलर मल्टिमिडियाकोको प्रस्तुति रहेको ‘लम्फू’ का मुख्य निर्माता शक्तिबल्दब घोरासैनी रहेका छन् । यसअघि पपुलर मल्टिमिडियाका चार चलचित्र ‘बोक्सी’, ‘द मिरर’, ‘किन लाग्छ माया’ र ‘ओ माई म्यान’ जस्ता चार चलचित्र समेत निर्देशक लामिछानेले निर्देशन गरिसकेका थिए । भूपतिको लेखन रहेको चलचित्रलाई
दिपक बज्राचार्यले छायांकन गरेका हुन् । त्यस्तै,सम्पादन हरि सिलवालले गरेका हुन् । यो चलचित्रमा चर्चित संगीतकार अर्जुन पोखरेलको संगीतरहेको छ भने प्रमोद खरेल, शिव परियार, दुर्गा खरेल लगायतले स्वर भरेका छन् ।

 

 

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video