‘मिस्टर झोले’का सुटिङ तस्विर फ्रेम भित्रदेखि बाहिरसम्मका (फोटोफिचर)

पुस, ५ काठमाडौँ –
निर्देशक रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्र ‘मिस्टर झोले’का छायांकनका तस्विर सार्वजनिक गरिएका छन् । चलचित्र पुष २८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेका बेला छायांकनका तस्विर सार्वजनिक गरिएका हुन् । त्यसरी सार्वजनिक तस्विरमा फ्रेम बाहिर कलाकारले गरेका गितिविधि समेत देख्न पाईन्छ ।

सिनेमा आर्ट्स र टेकेन खड्का फिल्म प्रोडक्सनको व्यानरमा बनेको चलचित्रमा दयाहाङ राई, वर्षा राउत, दीया पुन, बुद्धि तामाङ, विजय बराल, प्रविन खतिवडा, अरुणा कार्की लगायतको मुख्य भूमिका देख्न सकिन्छ । चलचित्रको कथा निर्देशक रामबाबुले नै लेखेका हुन् भने संगीतकारमा अहिलेका जल्दाबल्दा संगीतकार कालीप्रसाद बाँस्कोटा र सुजेन कार्की रहेका छन् । त्यस्तै, निमेष श्रेष्ठको सम्पादन, शैलेन्द्र डी कार्कीको छायाँकन तथा विक्रम स्वारको कोरियोग्राफी रहेको चलचित्रको निर्मातामा टेकेन खड्का र कार्यकारी निर्मातामा रौनकविक्रम कँडेल रहेका छन् ।

 

 

 

 

 

 

 

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video