अस्ताए कालझै संगीतका सर्जक संगीतकार चन्द्रराज शर्मा

काठमाडौं पुस, ६–
बरिष्ठ तथा पुराना संगीतकार चन्द्रराज शर्माको निधन भएको छ । पहिलो रंगीन नेपाली चलचित्र ‘कुमारी’का संगीतकार समेत रहेका शर्माको उच्च रक्तचाप र मधुमेहका कारण बिहीबार विहान निधन भएको हो । संगीतकार शर्माको पारिवारिक स्रोतले जनाए अनुसार उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि बिहीवार बिहान ११ बजेदेखि १ बजेसम्म पशुपति आर्यघाटमा राखिने भएको छ ।

 

चलचित्र कुमारीमा संगीतकार शर्माले अर्का संगीतकार शिवशंकर मानन्धरसँग संयुक्त संगीतकारको भूमिका निभएका थिए । चलचित्र कुमारीको मनमा माया तनमा माया बोलको गीत उनको निकै चर्चित गीतका रुपमा रहेको छ ।

त्यस्तै, लक्ष्मण लोहनीको शब्द र नारायण गोपालको स्वरमा रहेको ‘म मरे पनि मलाई मेरो देशको माया छ’, सुदेशराज शर्माले गाएको ‘हामी नदीका दुई किनारा हाम्रो संगम असम्भव छ’ बोलका गीत उनका कालजयी गीतका रुपमा आजसम्म चर्चामा रहेका छन् ।

उनै संंगीतकार शर्माले ‘श्री स्वस्थानी र ‘महाकवि देवकोटा’ मा पनि संगीत निर्देशन गरेका थिए । स्वरसम्राट नारायणगोपाल गुरुवाचार्य सांस्कृतिक संस्थानमा महाप्रवन्धक हुँदा शर्माले त्यहाँ प्रदर्शित नाटक ‘नाम नभएको मान्छे र क्रशमा टाँगिएको जिन्दगी’ मा संगीत दिएका थिए । त्यस्तै, महाकवि लक्ष्मीप्रसाद देवकोटा गीति नाटक ‘मुनामदन’मा पनि उनै शर्माले संगीत भरेका थिए । स्वर्गीय संगीतकार शर्मा यो बर्षको ‘भक्तराज आचार्य अन्तराष्ट्रिय संगीत पुरस्कार’ बाट सम्मनित समेत भएका थिए ।

उनका चर्चित गीतहरुमा सुनौला घाम झुल्केन, आँखाहरुले रुन नखोजे (कुमारी), चपला अबला एक सूरमा (भानुभक्त), मेरो माल मलाई फर्काइदे बाबु (जीवनज्योति), ए मेरी मुना नभन तेसो जुनमा फुलेकी (मुनामदन), तिम्रो आकाशमा जून (मीरा राणा), तिमी आफूलाई (माणिकरत्न), मोतिका दाना (सुदेश शर्मा र संगीता राणा प्रधान)

वरिष्ठ संगीतकार यज्ञराज शर्माका माहिला छोरा शर्माका दुई छोरा र एक श्रीमती छन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video