सलमानको नेपाल भ्रमण वस्तवमा केका लागि पढ्नुहोस् बिस्तृतमा

काठमाण्डौ ।
सिनेजगतका स्टार, बलिउड सुपरस्टार सलमान खान नेपाल आउने भएका छन् । ओडीसी इन्टरटेन्मेन्टले सलमानलाई नेपाल ल्याउने अन्तत पक्का भएको हो । सलमान झन्डै २३ वर्षपछि नेपाल आउन लागेका हुन् । आफ्नो फिल्मी करिअरको सुरुवातीदिनमा उनी सन् १९९४ मा नेपाल आएका थिए । उनि नेपाल आउनुको मुख्य कारण भने , हालैमा सलमानले ‘दबंग द टुर’ नाम दिइएको कन्सर्ट सुरु गरेका छन् । उनले दिल्ली, अष्ट्रेलिया, न्यूूजील्यान्ड र हङकङमा आफ्नो प्रस्तुती दिइसकेका छन् । यही टुर अन्तगर्त नेपाल आउन लागेका हुन् सलमान। केहीदिन अगाडि दिल्लीमा भएको ‘दबंग द टुर’मा ओडीसीका निर्देशक सीमान्त गुरुङसँग सलमानले भेट समेत गरेका थिए ।

आयोजक संस्थाका अनुसार, नेपाल एक सुरक्षित पर्यटन क्षे  त्र रहेको सन्देशसहित ‘दबंग द टुर नेपाल’को आयोजना गर्न लागिएको हो । सलमानको यो टुरलाई नेपाल पर्यटन बोर्डले पनि सहयोग गरेको छ । नेपालमा गएको विनाशकारी भूकम्प र नाकाबन्दीले देशमा भएको आर्थिक संकटलाई मध्येनजर गर्दै मनोरञ्जनको माध्यमबाट सकारात्मक सन्देश प्रवाह गर्नका लागि सलमानलाई नेपाल ल्याउन लागिएको सुत्र बताउदछ ।
स्रोतले जानकारी गराएअनुसा। सलमान मुश्किलले दुईदिन मात्र नेपालमा रहनेछन् । केही मिडियामा आएको खबरअनुसार, उनी फागुन २५, २६ र २७ गते नेपालमा रहनेछन् । फागुन २६ गते शनिवार टुँडिखेलमा ‘दबंग द टुर नेपाल’ आयोजना हुन लागेको हो । स्रोतका अनुसार, सलमान फागुन २६ गते दिउँसो मात्र नेपाल ओर्लिनेछन् भने साँझ ७ देखि ८ बजेभित्रमा उनले हजारौं नेपाली प्रशंसक र फ्यानका बिच टुँडिखेलमा आफ्नो प्रस्तुती दिनेछन् भने साथमा उनि संगै आएका कलाकारहरुले मनोरञ्जन प्रदान गर्दै छन् ।

फागुन २७ गते विहान पशुपति मन्दिर र हेलिकोप्टर चार्टर गरेर संसारकै अग्लो शिखर सगरमाथाको उनलाई भ्रमण गराउने तयारीमा आयोजक संस्था छ । सलमानले पनि पशुपति मन्दिर र सगरमाथाको भ्रमण गर्ने इच्छा देखाएका छन् । उनीसँगै कार्यक्रममा बलिउड नायिका सोनाक्षी सिन्हा, अभिनेता, निर्देशक तथा कोरियोग्राफर प्रभु देवा, ज्याकलिन फर्ना्न्डिज, डेजी शाह, कृति सेनोन, मित ब्रदर्श, अभिनेता तथा उद्घोषक मनिष पलपनि सहभागी हुनेछन् । ३ देखि १० हजार मुल्यसम्मको टिकट उपलब्ध हुने ‘दबंग द टुर नेपाल’ शोको खर्च १५ करोडको आसपासमा हुने ओडीसी निर्देशक गुरुङको अनुमान छ । सलमानको सुरक्षाका लागि नेपाली सेना र प्रहरीको संयुक्त टोली र आयोजक संस्थाले सयौं बडिगार्ड खटाउने तयारी गरेको छ । करीब ३ घण्टाको स्टेज शोमा ५० हजार दर्शक उतारिने आयोजक संस्था ओडीसीले जानकारी दियो ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video