परदेशीन बाध्य र बिदेशीएका युवाको कथा ‘मन त परदेशी’ भिडियो सहित

काठमाण्डौ ।
विदेशी भूमिमा भोग्ने पिडालाई प्रस्तुत गरिएको चलचित्र ‘मन त परदेशी’ पौष १४ गतेबाट प्रदर्शन हुने पक्का भएको छ । प्रदर्शन हुन एक हप्तामात्र बाँकी हुँदा बुधवार चलचित्र युनिटले पत्रकार भेटघाटका साथ चलचित्रमा समाबेस सम्पुर्ण पक्षका बारेमा बताएको छ । देव नेपालको निर्देशनमा तयार भएको चलचित्रले वैदेशिक रोजगारीको लागी खाडी मूलक पुगेका नेपाली युवाहरूले भोग्ने दुख पिडालाई तथा एक नेपाली रोजगारका लागि आखिर किन बिदेश जान बध्य हुन्छ भन्नेकुरालाई चलचित्रमा प्रस्तुत गरिएको निर्माण पक्षले बताएको छ ।


पुष्कर सुनुवारको सङ्गीत रहेको ‘मन त परदेशी’ चलचित्रलाई दुर्गा बहादुर खड्का र भुवन शर्मा कंडेलले निर्माण गरेका हुन् । कतार र नेपालमा छायांकन गरिएको यस चलचित्रको च्यारीटिसो यस भन्दा अगाडी कतारमा गरिएको र दर्शकहरुको माँया पनि राम्रो पाएको चलचित्र युनिटले जानकारी दिएको छ। चलचित्रमा दिपेशराज पाण्डे, समिता गिरी, विक्रम क्षेत्री, रेनु शर्मा, रमिला आचार्य, किशोर खतिवडा, राम बुढाथोकी, रमेश, जोन्नी लगायतका कलकारको अभिनय रहेको छ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video