सुरेन्द्र महर्जनको १६औँ कृति सार्वजनिक

काठमाण्डौ ।
कवि, गीतकार, गायक, चित्रकार एवं साहित्यकार सुरेन्द्र महर्जनक “अमर” को १६ औं कृति “अमर(२)” गीति एल्बम सार्वजनिक भएको छ। बुधबार राजधानीमा गीतकार संघका अध्यक्ष चुडामणी देवकोटा स्रष्टा महर्जनको उक्त गीति एल्बम सार्वजनिक गरिएको हो । ओएसनेपालको प्रस्तुति बजारमा ल्याईएको उक्त गीति एल्बममा सात वटा गीत समाबेश गरिएको छ। एल्बममा समाबेस गीतहरु सुरेन्द्र महर्जन “अमर” कै रचना अनि मेलिना राई, शिव परियार, शिखा भारती, सबिन लिम्बु, निता थापामगर, दिना थानी र स्वयं रचनाकार सुरेन्द्र महर्जन समेतका स्वरमा सजिएका छन् ।

म भन्दा नि, आशा मर्दै गयो, मरेर जल्छु, वीर नेपाली, तड्पिएर बाँच्ने, दुस्ख र सुख गीतहरू जस्ता बोलमा सजिएका उक्त गीतहरुमा राम कार्की, सन्तोष श्रेष्ठ र राज कुमारलगायतले संगित भर्नुभएको छ । बजारमा निकै चर्चामा रहेको तर एल्बमको रूपमा आई नसकेका चर्चित गीतहरू पनि यस एल्बममा समावेश गरिएको छ।

कार्यक्रममा सुरेन्द्र महर्जन”अमर” कै रचनाको एउटा गीतको म्युजिक भिडियो संगीता रायमाझीको स्वररसंगीत रहेको “हावाहुरी चलेपछि झनै याद आयो तिम्रो, बिर्सू कसरी मनमा सजाएछ,ु याद भन्नू प्यार मेरो जसरी” गीतको भिडियो पनि सार्वजनिक गरिएको थियो ।

साथमा भिडीयो पनि हेर्नुहोला

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video