चलचित्र ‘शेरबहादुर’ को ट्रेलर सार्वजनिक(भिडियो सहित)

काठमाडौं पुस, ६–
प्रेम, रोमान्स र एक्सनको समिश्रणमा बनेको चलचित्र ‘शेरबहादुर’ को ट्रेलर सार्वजनिक गरिएको छ । आर राजवंशीको निर्देशनमा बनेको उक्त चलचित्रमा चर्चित खलपात्र सुनिल थापा, कर्मा, मेनुका प्रधान, रविन्द्र झा लगायतको जोड्दार र मुख्य भूमिका रहेको निर्माण पक्षले जनाएको छ ।

अभिनेता सुनिल थापाले शेरबहादुरको शीर्ष रोलको भूमिका निभाएका छन् । चलचित्र ‘शेरबहादुर’ एक अबकाश प्राप्त आर्मीको कथालाई आधार मानेर बनाईएको चलचित्र हो । गौरीशंकर धुजु र धिरज राजवंशीको संयुक्त लगानि रहेको चलचित्रमा कथा भने प्रमोद क्षेत्रीले लेखेका हुन् ।

सुपरहिट चलचित्र ‘जात्रा’को निर्देशन गरिसकेका निर्देशक प्रदिप भट्टराईको सह निर्देशनमा बनेको चलचित्र थ्रिलर बिधामा आधारित रहेर निर्माण भएको बताईएको छ । धिरज प्रोडक्सनको व्यानरमा बनेको चलचित्रमा कोशिस क्षेत्रीको शब्द तथा संगीत रहेको छ । सिनेम्याट्रोग्राफर दिर्घ गुरुङ रहेको चलचित्र ‘शेरबहादुर’ माघ १९ गतेदेखि प्रदर्शनमा आउने बताईएको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video