बुद्धी तामाङ(हनुमाने)को दुखेसोः ‘हैट’ मेरो बिहेको लगन लेखेको पात्रो नै बन्दैन कि के हो ?

काठमाडौं पुस, ७ –
थियटरबाट गल्यामरस दुनियामा प्रवेश गरेर नेपाली हाँस्य टेलिश्रृंखला मेरी बास्सैबाट आफ्नो छुट्टै पहिचान बनाउन सफल कलाकार बुद्धी तामाङ यतिबेला नेपाली चलचित्रमा सनौलो भविष्य कोर्न तत्पर देखिएका छन् ।

सानो पर्दाबाट ठुलो पर्दासम्म आईपुग्दा कलाकार तामाङले आफ्नो थेगो ‘हैट’ मार्फत आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका हुन् । कुराकानी गर्दै गर्दा कलाकार तामाङले यहाँसम्म आईपुग्दा आफूलाई प्रेरणा दिने थुप्रै भएको बताउने कसैको नाम भने लिन चाहेनन् । सिरियलमा तामाङ जहिले पनि श्रीमती पीडितको भूमिकामा देखिने तामाङ अहिलेसम्म पनि विहेको लगन नजुर्दा पनि खिन्न महसुस भने पटक्कै गरेनन् । किनभने उनलाई कामको व्यस्तताले त्यो सोंच्ने समय पनि छैन ।

कलाकार तामाङ आफ्नो क्यारियर जोगाउन भने उतिकै चनखो देखिन्छन् । समसामयिक अबस्थामा राजनीतिमा चासो दिएपनि उनी कुनै पनि राजनीतिमा सहभागी भने छैनन् । उनको दैनिक कायृतालिकाको कुरा गर्दा उनले हाँसेरै जवाफ दिए हैट यसो एक्ससाइज गरे जस्तो गर्ने उनको भनाई छ । उनी अहिले चलचित्र पञ्चेबाजाके सुटिङमा व्यस्त छन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video