टाईगर जिन्दाहेको ५ हजार ७ सय बढी स्क्रिनमा हालीमुहाली (पुरा पढ्नुहोस्)

काठमाण्डौ ।
२२ डिसेम्बर अथार्त पौष ७ शुक्रबार नेपालीमा नाम चलेका र प्रचार प्रसार गरिएका कुनै पनि नेपाली फिल्म हलमा छैनन् । नेपाली फिल्मम विना प्रचार राजेश ढुङ्गाना अभिनीत नेपाली फिल्म ‘ब्याड ब्वाई’ प्रदर्शनमा आएको छ । बलिउड स्टार सलमान खान र कैटरीना कैफ स्टारर फिल्म ‘टाइगर जिन्दा हे’का कारण यो फिल्मले प्रदर्शनका लागि आधा दर्जन मात्र सिंगल हल पाएको छ । नेपालका अधिकांश मल्टिप्लेक्स र सिंगल हलमा भने सलमानकै हालीमुहाली चलेको छ।

प्रायः बलिउडका तीन खानसँग फिल्म जुधाउन डराउने नेपाली निर्माताहरु यसपटक पनि सलमानको ‘टाइगर जिन्दा हे’का कारण कुना पसेका छन् । प्रत्येक हप्ता दुईभन्दा बढी नेपाली फिल्मको भिडन्त हुने गरेपनि यो हप्ता सलमानको फिल्मले लगभग सोलो रिलिजको मौका पाएको छ । भारतसँगै नेपालमा पनि सलमानको ठूलो मार्केट भएका कारण ‘टाइगर जिन्दा हे’ले नेपाली दर्शकबाट राम्रै रकम लाने देखीन्छ। नेपालमा गोपीकृष्ण मुभीजले वितरण गरेको ‘टाइगर जिन्दा हे’ले ८० बढी सिंगल र अधिकांश मल्टिप्लेक्समा उच्च शो पाएको छ । एडभान्स बुकिङ आक्रामक देखिएको यो फिल्म करीब १ सय ५० करोड लागतमा निर्माण भएको हो । संसारभरी यो फिल्म ५ हजार ७ सय बढी स्क्रिनमा प्रदर्शनमा आएको छ ।


अलि अब्बास जफार निर्र्दे्शित ‘टाइगर जिन्दा है’लाई आदित्य चोपडाले निर्माण गरेका हुन् । यो फिल्म २०१२ मा रिलिज भएको कबीर खान निर्दे्शित सुपरहिट फिल्म ’एक था टाइगर’को सिक्वेल हो । यो फिल्मको तेस्रो सिक्वेलको समेत घोषणा भइसकेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video