म्युजीक भिडीयोमा चम्कीएका भद्रगोलका हास्य कलाकारहरु (भिडीयो सहित)

काठमाण्डौ ।
नेपाली हास्यक्षेत्रमा चर्चित टेलिश्रृंखला भद्रगोलका कलाकार सागर लम्साल ‘बले’ र हरिश निरौला ‘कक्रोज’ को नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक किरण भुजेलको नयाँ गीतमा निकै लामो समयपछि उनीहरु मोडलको रुपमा देखिएका हुन् ।


हास्य कलाकारको रुपमा आफ्नो छुट्टै छवि बनाएका कलाकारहरु म्युजिक भिडियोमा पनि रक्षा श्रेष्ठ र जुना सुन्दाससँग देखिएका छन् । ‘माया मै सँग लाइदेउन’ बोलको रोमान्टिक गीतमा बले र रक्षा एवं कक्रोज र जुनाले निकै उत्कृष्ट अभिनय गरेको भिडियोमा देख्न सकिन्छ । रोमान्टीक र डान्सीङ स्ट्यालको यस भिडियोमा बले र कक्रोजको प्रेमिका बनेका रक्षा र जुना, मधुसुदन पाठक (सितेबा)निकै नै चम्कीएका देख्न सकिन्छ।

किरण भुजेल र मेलिना राईको स्वरमा सजिएको यो गितमा डि.पी खनालको शब्द तथा शंकर थापा (स्माइल)को संगीत रहेको छ । उदयराज पौडेलको एरेन्जमा तयार भएको गीतको भिडियोलाई युवराज वाइबाले निर्देशन गरेका हुन् जसमा सुरेन बसेलको कोरियोग्राफि छ । बसेल विगत एक दशक देखि कोरियोग्राफी गर्दै आएका छन् । उनले समेत यो भिडियो आशालाग्दो कामको रुपमा हेरेका छन् । भिडियो निशान घिमिरेले सम्पादन गरेका छन् । संगीतका विद्यार्थी किरणको बरीलै बोलको गीतले यसअघि निकै मज्जाले चर्चा पाएको थियो । पल शाह र जुना सुन्दास अभिनित उक्त भिडियोको लोकप्रियताले हौसीएका किरणले यसपाली हास्यकलाकारलाई मोडलको रुपमा लिएको अनुमान गर्न सकिन्छ।
हेर्नुहोस् भिडियो ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video