अनमोलको अपोजिटमा आउने भईन उपासना सिंह ठकुरी

काठमाण्डौ।
फिल्म ‘क्याप्टेन’का लागि युवा स्टार अनमोल केसीको अपोजिटमा विभिन्न नायिकाहरुको चर्चा चलिरहँदा अर्की एक नयाँ युवतीको नाम बाहिर आएको छ । दीवाकर भट्टराईले निर्देशन गर्न लागेको यस फिल्मका लागि अनमोलको अपोजिटमा उपासना सिंह ठकुरी लगभग कन्फर्म भइसकेकी छिन् ।

चलचित्र विकास बोर्डमा निर्माण टीमले दर्ता गराएको सर्टि्फिकेटमा फिल्म ‘क्याप्टेन’मा अनमोल र उपासना मुख्य भूमिकामा भनेर उल्लेख त छ तर, निर्माण टीमबाट प्राप्त जानकारी अनुसार उपासना फिल्मका लागि कन्फर्म भने भइसकेकी छैनन् । चाँडै फिल्म यूनिटले उपासनाको स्क्रिन टेस्ट लिने पनि जानकारी गराएको छ। स्रोतका अनुसार, ‘क्याप्टेन’मा अनमोलका लागि खोजिएका अन्य युवतीभन्दा निर्माण टीमले उपासनालाई मनपराएको छ । तर दर्शक र फिल्म कर्मीमा भने भने एउटा प्रश्न उब्जीएको छ। त्यो हो के साच्चै अनमोलकी बन्ने भइन् त उपासना सिंह ठकुरी?

उपासना र अनमोलको केही पटक भेट पनि भइसकेको छ । उपासनाले आफ्नो इन्स्टाग्राममा अनमोलसँगको एक तश्वीर शेयर गरेकी छिन् । यदी अभिनय राम्रो गर्न सकेको खण्डमा अनमोलको छैटौं फिल्ममा उनी मुख्य भूमिकामा देखिनेछिन् । अनमोलले आफ्नो डेब्यू फिल्मदेखि नै नयाँ नायिकासँग मात्र रोमान्स गरेका छन् । ‘क्याप्टेन’मा अनमोल फुटबल खेलाडीको भूमिकामा देखिँदैछन् । अर्को वर्षको भदौको तीजमा प्रदर्शन गर्ने गरि फिल्मको छायांकन फागुन दोस्रो साताबाट सुरु हुनेछ । काजल फिल्मस् बाट निर्माण हुने फिल्मको कथा सामिप्यराज तिमल्सिना र प्रज्ञान थापाले लेखेका हुन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video