यसकारण बहुप्रतिक्षित बन्यो एक्सन नायक आर्यनको चलचित्र ‘बटरफ्लाई’

काठमाडौ पुस, ७
नेपाली सिने जगतमा छुट्टै छवि बनाउन सफल नायक आर्यन अधिकारी लामो समयपछि फेरि चलचित्र ‘बटरफ्लाइर्’ मार्फत दर्शक सामु आउने तयारीमा रहेका छन् । यसअघि चलचित्र ‘के म तिम्रो होईन र’ मार्फत दर्शकसामु एक्सन नायकको पहिचान छोड्न सफल नायक अधिकारीको त्यतिबेला सिक्स प्याक बडिको निकै चर्चा समेत भएको थियो ।

अहिले तिनै सिक्स प्याकका धनी नायक अधिकारी नायिका प्रयिंका कार्कीको लभर व्वाई जोडीको रुपमा चलचित्र बटरफ्लाई मार्फत दर्शक सामु आउने तयारीमा रहेका छन् । चर्चित संगीतकार अर्जुन पोखरेलले संगीत दिएको तथा पे्रमिलको शब्द रहेको यो चलचित्रको एउटा गीत गत नोभेम्वर १० मा रिलिज भएको थियो ।

जहाँ नायक अधिकारी र प्रियंकाको रोमान्सलाई दर्शकले अत्याधिक मन पराएको देखियो । त्यो गीतको भिओर्स मात्र वान मिलियन भन्दा धेरै रहेका छन् । अहिलेसम्म युटुवमा सो गीतलाई ११ लाख पटक हेरिएको छ । फिल्मको ट्रेलर हेर्ने दर्शकले आफूहरु यो फिल्मको रिलिजको प्रतिक्षामा बसेको भनेर धेरै कमेन्ट गर्ने गरेका छन् ।

प्रतिकको निर्देशनमा बनेको चलचित्र बटरफ्लाईलाई दर्शकले यति धेरै प्रतिक्षा गर्नुको कारण अब्बल निर्देशन,उत्कृष्ट संगीत तथा गीतको शब्दको कारण भएको निर्माण युनिटको दाबी छ । टेलरप्रति दर्शकको प्रतिक्रिया हेर्दा लाग्छ यो दर्शकहरुको बहुप्रतिक्षित चलचित्रमा पर्छ ।

पुस २८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रको कार्यकारी निर्माता रमेश प्रजापती तथा निर्माताहरुमा पुष्पाञ्जली अधिकारी, रामशरण राना र भुपेन्द्र सुवेदी छन् । त्यस्तै, मन्दिल श्रेष्ठ र सरोज शाह सह निर्माताको रुपमा रहेका छन् ।
। शुरेश बज्राचार्यको छायांकान रहेको चलचित्रमा आर्यन अधिकारी प्रियंका कार्की, अर्पण थापा, रविन्द्र खड्का, सुष्मा कार्की लगायतको मुख्य भूमिका रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video