‘प्राना मुण्डी ब्याण्ड’ निरन्तर युरोपमा नेपाली धुन सुनाउनमै व्यस्त, यस्तो छ ब्याण्डको कार्यक्रम तालिका

पुस ७, काठमाडौं–

‘प्राना मुण्डी ब्याण्ड’ यतिबेला नेपालमा बनेका बाजालई युरोपमा सुनाउन व्यसत रहेको छ । हरेक बर्ष दुई तीन पटक नेपाली बाजालई युरोपका बिभिन्न देशहरुमा यो ब्याण्डले बिगत ५ बर्षदेखी निरन्तर सुनाउदै आईरहेको छ ।
नेपाल बाहिरका बिभिन्न नेपाली संघसंस्थासँग मिलेर ब्याण्डले कम्तीमा पनि एक महिनाको लामो टुरमा दर्जनबढी देशहरुमा बिभिन्न नेपाली बाजाहरुलाई प्रमोट गर्दै आएको छ । बिशेष गरी बाँसुरी, सारंगी, सितार, मादल, तबला, टुन्ना लगायतका बाजाका धुनलाई यो ब्याण्डले बिदेशीहरुलाई निरन्तर सुनाउदै आईरहेको छ ।

‘प्राना मुण्डी ब्याण्ड’ ब्याण्ड स्थापना कालदेखी अहिलेसम्म ५ पटक नेपाली बाजाका साथ युरोप टुर गरिसकेको छ । सोही अनुरुप यतिबेला पनि यो ब्याण्ड युरोप टुरमा रहेको छ । ब्याण्डका प्रमुख बाँसुरी बाधक प्रताप केसीका अनुसार आउँदो अंग्रेजी नयाँ बर्षको ४ मार्चबाट पुनः युरोपका बिभिन्न शहरहरुमा नेपाली बाजा सुनाउने कार्यक्रम रहेको छ ।

केसीका अनुसार एक महिनाको लामो टुरमा युरोपका झण्डै आधा दर्जन देशहरुमा आफ्नो ब्याण्डका ३ जनाले बिभिन्न नेपाली बाजाहरुलाई बिदेशी समक्ष सुनाउने तयारी गरेका छन् । केसीले भने, ‘यस पटक पनि हामीले मौलिक धुनहरुलाई जोड दिएका छौं । बिदेशी नागरिकहरुले नेपालका मौलिक धुनहरुलाई निकै मन पराउँछन् त्यसैले पनि हामी नेपालमै बनेका बाजामा केन्द्रित भएका हौं ।’ । अहिलेको यो टुरमा तबला, सितार र बाँसुरी लगायतका धुनलाई बिशेष प्राथमिकता दिईने उनको भनाई छ ।

यस अघि यो ब्याण्ड यहि बर्षको १ सेप्टेम्बर देखी ३५ दिनसम्म युरोप टुर गरेको थियो । त्यसबेला पनि नेपालका बिभिन्न धुनहरु युरोपका बिभिन्न शहरहरुमा कार्यक्रमका सुनाएको थियो । बाँसुरी बादक केसीका अनुसार बिदेशमा आफ्नो ब्याण्डका लागी नेपाली बाजा नै सुनाउनका लागी भनेरै अफर गरिने हुँदा आफुहरु नेपाली धुनमै केन्द्रित भएको उनको भनाई छ । उनले भने, ‘हामीले अन्य बिदेशका धुनहरु कुनै कुनै कार्यक्रम जहाँ आवश्यकता अनुसार बजाउने गर्दछौं तर बिदेशी नागरिकहरुकै डिमाण्ड नेपाली बाजाहरुमा हुन्छ ।

उनीहरु नेपाली बाजाको बारेमा धेरै सिक्न पनि रुचाउँछन् । हामीले बाजा कसरी र के बाट बन्छ त्यसको बिषयमा पनि जानकारी दिँदै आएका छौं ।’ उनले बिदेशीहरुले नेपाली बाजाको बारेमा जानकारी लिन खोजेको अनुभव सुनाए । अहिले पनि बिगतका जस्तै टोली अस्ट्रिया, भेन्या, जर्मनी, इटाली लगायतका देशहरुमा आफुहरुको कार्यक्रम तय भएको उनको भनाई छ ।

अहिले सम्म गरेका युरोप टुरका कतिपय कार्यक्रमहरुमा नेपाली टोलीबाहेक करिब २० प्रतिशत सोही देशका बाद्यवाधक रहने गरेको केसीले बताए । ‘कतिपय कार्यक्रममा नेपाली मात्र नभएर विदेशी धुन पनि बजाउनुपर्ने भएकाले जुन ठाउँमा कार्यक्रम गरिन्छ त्यो ठाउँका बाधकलाई लिने गरेका हुन्छौं । बिदेशी नागरीकहरुले आफ्नै देशको धुन बजाउन आग्रह गर्दा हामी त्यस देशको धुन पहिले नै ’अध्ययन गरेका हुन्छौं र सोहि अनुरुप बजाउने पनि गरेका छौं ।’, केसीले भने ।

‘प्राना मुण्डी ब्याण्ड’ नेपालमा बिभिन्न सामाजिक कार्यमा पनि सरिक हुँदै आएको छ । ब्याण्डले नेपालले ०७२ सालमा भूकम्पबाट बेहोर्नुपरेको समस्याका बेलामा पनि बिभिन्न ठाउँमा राहत हस्तान्तरण गरेको थियो । साथै हालै अस्ट्रियाका दुई नागरीकको सहयोगमा सिन्धुपाल्चोकको फलाटे गाउँमा दुई घर निर्माण गरेको छ । अस्ट्रिया नागरीक बिली र बर्नहार्डको आर्थिक सहयोगमा नेपालका सम्पुर्ण सहयोग ‘प्राना मुण्डी ब्याण्ड’ले गरेको केसीले जानकारी दिए । आठ लाख बराबरमा निर्माण भइरहेका दुई घर अबको दुईसाता भित्रै हस्तान्तरण गरिने पनि उनले बताए ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video