के जेल जाने नै भए त पूर्वमन्त्री लालबाबु पण्डित र नायिका केकी अधिकारी ?

काठमाडौं पुस, ८–
भर्खरै सम्पन्न निर्वाचन जितेर अत्याधिक चर्चामा आएका एमाले नेता लालबाबु पण्डित जेल जान सक्ने सम्भावना बढेको छ । लालबाबु मात्र होईन नेपाली सिने जगतकी चर्चित नायिका केकी अधिकारीलाई पनि उहि जेल जान सक्ने समस्याले छोएको देखिन्छ । केही समय पहिले सामान्य प्रशासन मन्त्री भएर चर्चा कमाएका पण्डितले एक जना नायिकाको अफरलाई नाई नास्ती गर्न नसक्दा जेल जाने सम्भावना बढेको हो ।

केही दिन पहिले विराटनगरमा भएको एउटा सिनेमा सम्बन्धी कार्यक्रममा मन्त्री भएका बखत गरेको कामले चर्चा कमाएका नेता पण्डितले नायिका केकी अधिकारीको अनुरोधमा एक हजार रुपैंयाको नोटमा अटोग्राफ भरिदिएका थिए । मन्त्री भएर चर्चा बटुलेका पण्डित रुपैंयामा केरमेट गर्नु हुदैन भन्ने कुराको जानकार थिएनन् र ? उनले १ हजारको नोटमा केरमेट गरेर सफा नोट नीतिको धज्जी उडाउन समेत पछि परेका छैनन् ।

आफू सधैं कानूनको पालना गर्ने बताउँदै आएका पूर्वमन्त्री एवं मोरङबाट प्रतिनिधि सभा सदस्य निर्वाचित सांसद पण्डितले अभिनेत्री केकी अधिकारीलाई १ हजार रुपैयाँको नोटमा हस्ताक्षरसहित केरमेट गरेर अटोग्राफ दिएका हुन् ।

पूर्वमन्त्री पण्डित विराटनगर १२ स्थित स्थानीय बखरी बगैंचामा बुधबार आयोजित एउटा नेपाली चलचित्रको प्रचार–प्रसार कार्यक्रममा मुख्य अतिथि थिए । सोही क्रममा पूर्वमन्त्री पण्डितले नायिका केकीलाई १ हजार रुपैयाँको नोटमा अटोग्राफ दिएका हुन् ।

नेपालमा सफा नोट नीति आएको जानकारी हुँदाहुँदै कागज मागेर हस्ताक्षर गर्दै अटोग्राफ दिनुपर्नेमा पूर्वमन्त्री पण्डितले नायिकाले दिएको १ हजार रुपैयाँको नोटमा अटोग्राफ दिए ।

पूर्वमन्त्री पण्डितले मात्र हैन, नायिका केकी अधिकारीले सफा नोट नीतिविरुद्ध १ हजार रुपैयाँको नोटमा केरमेट गराएकी छन् । पण्डितलाई देख्ना साथ नायिका केकीले आफूमा लालबाबुप्रति अत्याधिक क्रेज रहेको भन्दै हजारको सो नोटमा लालबाबुको अटोग्राफ लिएकी थिईन ।

नेता पण्डितले उक्त कार्यक्रममा केकीको अनुरोधमा १ हजार रुपैयाँको नोटमा केरमेट मात्र गरेनन् अभिनेत्री केकी सुन्दरताको पनि भरपुर तारिफ गरेका थिए ।

नेपाल राष्ट्र बैंकले लागू गरेको सफा नोट नीतिअन्तर्गत नोट केरमेट गर्ने व्यक्तिलाई तीन महिनासम्म कैद वा ५ हजार रुपैयाँसम्मको जरिवाना हुने व्यवस्था छ । यही नीतिअन्तर्गत नोट वा सिक्का जलाउने, गाल्ने, च्यात्नेलाई पनि सोही सजायको व्यवस्था छ ।

व्यवस्थापिका संसद्ले पारित गरेको फौजदारी संहितामा नोट केरमेट गर्नेलाई तीन महिना जेल सजाय वा ५ हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।

सर्वोच्च अदालतले सफा नोट नीति कार्यान्वयनमा ल्याउन राष्ट्र बैंक र अर्थमन्त्रालयको नाममा आदेश दिएपछि यो विषयलाई फौजदारी संहितामा समेटिएको हो ।

सर्वोच्चले बैंक नोटमा स्टिच नगर्न, केरमेट नगर्न र जथाभावी च्यात्न नपाउने व्यवस्था गर्न नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय र नेपाल सरकारको नाममा यस्तो आदेश जारी गरेको थियो ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video