बानेश्वरकी चाउचाउ बज्यैः जसको स्वाद पूर्व युवराज पारसदेखि राजनीतिक नेता र फिल्म कलाकारले समेत छोडेनन् (भिडियो सहित)

काठमाडौं पुस, ८
काठमाडौंको मुटु भनेर चिनिने बानेश्वरको चोक हो यो । दिनभरी त यहाँ निकै भिडभाड हुन्छ । दिउँसो भिडभाड हुनु पनि स्वाभाविकै हो । तर, रात ढल्किदै गर्दा काठमाडौंका मुख्य चोकहरु सुनसान हुदै जान्छन् । अझै आजभोलिको जाडो मौसममा त झन चाँडै काठमाडौंका सडकहरु सुन सान हुन थालिसकेका हुन्छन् । तर, बानेश्वको यो चोक बिगत १७ बर्षदेखि जब रातको ९ बज्छ तब विस्तारै चहलपहल बढ्न थाल्छ । त्यो चहलपहल जति रात छिपिदै जान्छ उति बढ्दै जान्छ । त्यो चहलपहलको मुख्य आकर्षण बनेकी छिन् एकजना अधबैंशे महिले कल्पना रम्तेल ।
कल्पना रम्तेल त्यो व्यक्ति हुन् जसले १७ वटा हिउँद र बर्षाका रातहरु त्यही बानेश्वर चोकमा कटाएकी छिन् । त्यही चोकमा उनले करिब दुई लाखलाई आफ्नै हातले पकाएर चाउचाउ खुवाएकी छिन् । ति सबै दुई लाख जनाको उनलाई आफ्नै सन्तानकै जस्तो बिछट्टै मायाँ लाग्ने समेत उनले बताईन् । १७ बर्ष भयो उनले गाँउ समाज र घरपरिवारका विभिन्न बाधा व्यवधानलाई बेहोरेर भएपनि आप्नो व्यापारलाई निरन्तरता दिएको । उनी यस्ती पात्र हुन् जसको अरुको रात सुरु हुदा उनको दिन सुरु हुन्छ र अरुको दिन सुरु हुदा उनको रात सुरु हुन्छ । उनले १७ बर्षमा आफ्नो व्यापारलाई कहिले पनि विश्राम दिने तिर सोच्दै सोंचिनन् ।

त्यो बेला त उनलाई पैसा कमाउनु थियो र पनि हिउद बर्षा नभनेर लगातार बानेश्वरकै चोकमा व्यापार गरेर रात बिताईरहिन् । तर, अहिले उनले काठमाडौंमा घर जोडिसकिन, छोराछोरीलाई पढाई लेखाई गराएर छोरीलाई पोर्चुगलसम्म पठाउन भ्याई सकिन् । हिजो हातमुख जोड्न धौ धौ थियो तर, आज कमाई धमाई राम्रो गरिसकेकी छिन् । अब, हिजो जस्तो उनलाई रात्रिकालिन व्यवसाय गर्न बाध्यता छैन । उनका छोरा छोरीले यो पेशा छोड्न भन्दा पनि उनलाई यही पेशा प्यारो छ ।

उनी यो पेशालाई अझै ५ बर्ष गर्ने बिचारमा छिन् । महिला, त्यसमाथि एक्लै अझै राती बानेश्वर चोकमा व्यापार गर्दा पनि कहिले आफूलाई डर नलागेको उनको भनाई छ । १७ बर्ष भयो अहिलेसम्म उनलाई कसैले नराम्रो गरेको याद छैन । बरु सुरक्षा दिने कसम खाएका प्रहरीले बेला बेला सताउने गरेको उनले बताईन् । सुरु सुरुमा त्यति नखुलेकी उनी कुरा गर्दै जाने क्रममा निकै खुल्दै गईन् । जाडोको समय भएपनि काम गर्दै जाने क्रममा कहीले जाडोको अनुभव नभएको उनको भनाई थियो । तर, करिब ७ बर्ष पहिले जाडोकै समयमा उनले एक रात त जाडो भएर चिया पकाउनै नसकेको स्मरण गरिन ।

त्यो रात निकैबेरसम्म आगो तापेर मात्र बसिन् रे उनी । उनलाई राती आउने ग्रहाक कसैले नराम्रो गरेका छैनन् रे । कहीले काही ग्रहाककै बीचमा झै झगडा समेत हुने गरेको तर, आफूले सम्झाउदा आफ्नै छोरा छारीले भनेको मानेझै उनीहरुले मान्ने गरेको उनको भनाई छ । कहिलेकाही रिस उठेकोबेला छोरा छोरी समान ग्रहाकलाई गाली गर्ने गरे पनि उनीहरु कहिले नरिसाउने गरेको र अर्को दिन फेरि आमा भन्न आउने गरेको उनले बताईन् ।

उनले साउती गरेको स्वरमा आफ्नो पसलमा पारस सरकार समेत आउने गरेको बताईन् । उनले थपिन, पारस सरकार नआएपनि उहाँका गाडहरु आएर पारस सरकारका लागी बिएर किनेर लगिदिएको मलाई अझै याद छ । उनको पसलमा नेतादेखि चलचित्रका कलाकारसम्म आएर चाउचाउ खाने उनले बताईन् । आफूलाई आमा जस्तै ठानेर धेरैले उपहार समेत ल्याइदिने गरेको उनले जनाईन् । त्यसमध्ये एकजानाले एक तोलाको सुनकै सिक्रि उपहार दिएका छन् रे ।

उनीसँग कुरा गर्ने क्रममा उनका एकजना ग्रहाकले उहाँले पकाएको चाउचाउ निकै मिठो हुन्छ त्यसैले जति गाली गर्दा पनि यही खान आउन मन लाग्ने गरेको बताए । सामान्यतया राती ९ बजेबाट सुरु हुने उनको व्यवसाय बिहान ३ बजेसम्म चलिरहन्छ । बिहान ३ बजे पसल थापेका कुम्ला कुटौरा बोकेर उनी घर फर्कन्छिन् र घरका नित्य कर्म सक्छिन् । खाना पकाएर छोरा छोरीलाई खुवाई आफूले पनि खाएपछि बल्ल उनी सुत्न पुग्छिन् । यसरी निरन्तर रात्रकिालिन ग्रहाकलाईसेवा गरिरहेकी छिन् यी आफूलाई २ लाख सन्तानकी आमा ठान्ने कल्पना रम्तेल । आँटे पछि नहुने के छ र ? भन्ने कुराको उदाहरण उनी ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video