चलचित्र पटुकीको ट्रेलरमा रजनीको कथा (भिडियो सहित)

काठमाण्डौ ।
पुष २१ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘पटुकी’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक फिल्मको ट्रेलरमा प्रेम, रोमान्स, एक्सन, धोकाको कथालाई प्रश्तुत गरिएको छ । राम नेपालद्धारा निर्देशित पटुकीमा रजनी केसी, जेम्स विसी, निर्माता म्याक्टेन कालु, दिपक कँडेल, रोजी श्रेष्ठ, हरि गुरुङ लगायतका कलाकारहरुको पनि मुख्य भूमिका देख्न सकिन्छ ।

पटुकीले जस्तै नारीहरुको कथा बाध्ने ‘पटुकी’ एक सामाजिक परिबेशमा आधारीत छ। जस्लाई निर्माता तथा कलाकार म्याक्टेन कालुले लेखेका हुन् । चर्चीत संगितकार तथा गायक राजनराज सिवाकोटीको संगीत रहेको यस फिल्ममा लक्ष्मण घिमिरेको छायांकन रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video