नेपाली चलचित्रकी चर्चित नायिका केकीले गरिन स्यानफोर्ट प्रि–स्कुल उद्घाटन्,साथमा सीआइवी प्रमुख पुस्कर कार्की पनि

काठमाडौ पुस ९–
भारतमा निकै ख्याती कमाएको स्यानफोर्ट प्रि–स्कुल काठमाडौंमा सुरु भएको छ । शनिवार उक्त स्कुलको उद्घाटन प्रहरी अनुसन्धान ब्युरो (सिआइबी) प्रमुख डिआइजि पुस्कर कार्की, अभिनेत्री केकी अधिकारी तथा सैनफोर्ट स्कुल समूहका प्रबन्ध निर्देशक एस के राठौरले संयुक्त रुपमा गरेका हुन् । स्कुल काठमाडौंको विशालनगर मार्गमा स्थापना गरिएको छ ।

उक्त प्रि–स्कुल उद्घाटन कार्यक्रममा स्यानफोर्ट स्कुल समूहका प्रबन्ध निर्देशक राठौंरले सो स्कुलमार्फत वेलायती अवधारणा अनुसार शिक्षा दिने जानकारी गराए ।

उनले भने, ‘भारतको उत्कृष्ट प्रि–स्कुलको ब्राण्ड बनाउन सफल स्यानफोर्ट वालवालिकाको समग्र विकासका लागि ठुलो योगदान पु¥याउँदै आएको स्कुल हो । नेपालमा पनि सोही स्तरको शिक्षा दिनका लागि हामीले स्यानफोर्ट प्रि–स्कुल स्थापना गरेका हौ ।’ उनले यो स्कुलले प्रारम्भीक वर्षमा सिकाइमा आउने ‘ग्याप’लाई समेत पुरा गरेको बताए ।

त्यस्तै, सोही स्कुल उद्घाटन कार्यक्रममा स्यानफोर्ट फ्रेन्चाइज निर्देशक विनोद श्रेष्ठले स्कुलमार्फत गुणस्तरीय र स्यानफोर्टले निर्देश गरे अनुसारको शिक्षा विद्यार्थीलाई दिलाएरै छाड्ने प्रतिवद्धता समेत व्यक्त गरे । उद्घाटन कार्यक्रममै अर्का निर्देशक सागर प्रजापतिले यस स्कुलबाट पढेका विद्यार्थीहरु अन्तराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न योग्य हुने दाबी समेत व्यक्त गरे ।

नेपालमा स्थापना हुन लागेको स्यानफोर्र्ट प्रि–स्कुलका धेरै विशेषताहरु रहेका छन् । जस अनुसार स्कुलका कक्षाकोठाहरु रंगिन क्रियाकलाप केन्द्रीत रहेका हुन्छन्, स्मार्ट लर्निङ सिस्टम तथा खेलौना सम्बन्धी आधुनिक उपकरणले भरिपुर्ण भएका हुनुका साथै स्कुल वालवालिकाका लागि सपनाको घर जस्तै साबित भएका धेरै उदाहरणहरु पाउन सकिन्छ ।

सो स्कुलमा पढाइ हुने पाठ्यक्रम समय सुहाउँदो तथा प्रभावकारी हुनुका साथै कारण वालवालिकाहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशमा भएका विकसित पछिल्ला घटनाक्रमलाई सहजरुपमा सिक्न मद्दत समेत गरिन्छ । स्यानफोर्ट स्कुल समुहमा भारत, बंगलादेश र नेपाल सहितका मुलुकमा १५० भन्दा बढी स्कुलहरुको नेटवर्क समेत रहेको छ ।

यो स्कुलले ४० भन्दा बढी राष्ट्रिय तथा अन्तराष्ट्रिय अवार्ड हात पारिसकेको बताईएको छ । हरेक स्कुलका प्रमुख तथा शिक्षकहरुले स्यानफोर्ट मुख्य कार्यालयबाट उच्च स्तरको तालिमप्राप्त गरेका कारण पनि उनीहरुलाई स्कुलमा पढाइ हुने पाठ्यक्रम कार्यान्वयनमा सहयोग पु¥याएको समेत देखिएको छ ।
स्कुल संचालकका अनुसार निकट भविष्यमै अन्य धेरै स्थानमा शाखा सञ्चालन गर्ने योजना रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video