चलचित्र ‘बटरफ्लाई’का लागि सफलताको आधार बन्दै ‘म गाउदिन गीत गजल’

काठमाण्डौ ।
एउटा राम्रो फिल्म बन्नका लागि फिल्ममा भएका सम्पुर्ण पक्षहरु उतिकै शसक्त हुन आवस्यक छ जति निर्माता र निर्देशकले गर्ने गफ र भाषणमा हुने गर्दछ। कथा, पटकथा, सम्बाद, गीत, संगित, नृत्य, छाँयांकन कास्ट एण्ड–क्रु लगायतका सम्पुर्ण पक्ष सबै सशक्त हुन आवश्यक हुन्छ। यसै क्रममा पछिल्लो समय नेपाली सिने नगरीमा पनि चलचित्र मेकीङका क्रममा सबै कुरालाई उतिकै प्रथमिकता दिईन थालिएको पाईन्छ। केही समय अघि चलचित्र कस्तो बनेको छ र यस्को सफलता असफलताको बिश्लेषण चलचित्रको ट्रेलर पछी गर्ने गरिएको थियो तर अहिले त्यस्को ट्रेण्ड फेरीएको पाईन्छ । जबकी चलचित्रको बजेट, निर्देशक, स्क्रिप्ट राईटर अनि चलचित्रमा समाबेस गीत संगितको पाटो अहिले चलचित्र सफल वा असलफल के हुन्छ भन्ने पुर्वानुमान गुर्ने स्रोत बनेका छन् ।


यस्तै सफलताको बिश्लेषणका लागि बिश्लेषण लायक फिल्म ‘बटरफ्लाई’ मा समावेश गीत ‘म गाउदिन गीत गजल’ पनि एक हो । यस गीतलाई युट्युबमा हेर्नेको संख्या ११.५ लाख (न्युज तयार पार्दा सम्म) भन्दा बढी भइसकेको छ । अर्जुन पोखरेलको शब्द र संगीत रहेको गीतलाई सुगम पोखरेल र अन्जु पन्तले स्वर दिएका छन् । गीतमा फिल्मका दुई लिड पात्र आर्यन अधिकारी र प्रियंका कार्की देखिएका छन् । यी दुईको जोडीलाई रमणीय दृश्यमा छायाँकन गरिएको छ । ‘यस गीतमा मैले माया पाएपछि अरु सबै कुरा छाड्ने भावना व्यक्त गरेको छु’ अर्जुनले भने ‘गीतको शब्द साहित्यको हिसाबले अझ भारी लाग्नेछ ।’यता फिल्मका निर्देशक ओम प्रतीक गुरुङले पनि आफुले निकै मेहनतका साथ् गीत तयार पारेको बताए । ‘यसमा हामीले मायाको विभिन्न रङलाई देखाउने प्रयास गरेका छौ’ उनले थपे ‘फिल्मको गीत मात्र हैन सबै सिनमा यतिकै मेहनत गरिएको छ ।’

गीतलाई कविराज गहतराजले कोरियोग्राफ गरेका छन् । फिल्मलाई सुरेश बज्राचार्यले खिचेका हुन् । रमेश प्रजापती कार्यकारी निर्माता रहेको फिल्ममा निर्माताको रुपमा पुष्पाञ्जली अधिकारी, रामशरण राना र भुपेन्द्र सुवेदी छन् । मन्दिल श्रेष्ठ र सरोज शाह सह निर्माता हुन् । यहि पौष २८ बाट दर्शकमाझ आउने फिल्ममा आर्यन र प्रियंकासँगै अर्पण थापा, रविन्द्र खड्का, पुरन थापा, सुष्मा कार्की लिड रोलमा छन् । फिल्ममा अर्जुन जिसी र मन्दिल श्रेष्ठको सम्पादन रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video