यसकारण हङकङमा नायिका केकी एक्लै बनिन

काठमाडौं पुस, ९–
नायिका केकी अधिकारीले अभिनय गरेको एक्लोपन गीतको म्युजीक भिडियो सार्वजनिक भएको छ । हङ्कङमा छमयांकन भएको उक्त गीतमा बादल लिम्बुको संगीत र भद्रकला आङबुङको शब्द रहेको छ । गीतमा गायक स्वरुपराज आचार्य र गायिका प्रविशा अधिकारीको स्वर रहेको छ । सुवास गुरुङको निर्देशिनमा तयार भिडियोमा नायिका केकी अधिकारीको साथमा ओम प्रकाश राई र विकास लिम्बु फिचरिङरहेको छ ।

हङकङका रमणीय दृश्यमा खिचिएको भिडियो सुन्दर बनेको छ । विक्रम गुरुङको छायाँकन रहेको भिडियोलाई युवी चाम्सले सम्पादन गरेका हुन् । अरेञ्ज उदयराज पौडेलको छ । यो गीतले दर्शक तथा श्रोताको मन जित्ने संगीतकार लिम्बु र शब्दकार चरचनाकार भद्रकलाले विश्वास लिएका छन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video