मेलिनको आवज भित्र, परिको भेषमा मायाँको देशमा लुट्पुट्टीदै निता र निराजनको यो जोडी (भिडीयो)

काठमाण्डौ ।
गीतकार शुसान्त माझीको शब्द तथा गायिका मेलीना राईको आवाजमा सजिएको ’इन्द्रेणीको’ बोलको गितको म्युजीक भिडीयो सार्वजनिक भएको छ। अभिनेत्री निता ढुङ्गाना र निराजन प्रधानको उत्कृष्ट अभिनय रहेको उक्त म्युजिक भिडीयो एक प्राकृतीक सुन्दरतामाथी छाँयाङकन गरीएको भिडीयो हो। ’इन्द्रेणी’ एल्वममा समावेस ’इन्द्रेणीको’ वोलको गितलाई संगितकार उत्तम जंग लिम्बुले संगीत भर्न भएको हो ।

पछिल्लो समय नेपाली गीतसंगीतलाई पुर्ण मेहनतका साथ् तयार पार्न थालिएकोमा यस म्युजिक भिडीयोले पनि राम्रो साथ पाएको महशुस गर्न सकिन्छ। पछिल्लो समय फिल्म होस् या आधुनिक गीतको भिडियो सबैलाई दृश्यको हिसाबले उत्कृष्ट रुपमा प्रश्तुतगर्न निर्देशक तथा निर्माताहरु पछी परेको पाईन्न। दर्शक र स्रोताहरुको उत्कृष्ट साथ सहयोग र मायाँकी धनी गायिका मेलिना राईको स्वर रहेको यस भिडियोलाई यतीबेला दर्शकले निकै रुचाईरहेको प्रतिकृया प्राप्त भएको छ। जुन भिडियो अहिले गायिका मेलीना राईकै च्यानल मार्फत दर्शकमाझ रिलिज गरिएको छ ।


फणिन्द्र राईको एरेन्ज रहेको गीतको भिडियोलाई टौवा क्रियसनले तयार पारेको हो भने शान थापाद्धारा सम्पादन गरिएको हो । निता र निराजनको यस जोडीलाई अभिनय र प्रश्तुतीका लागि निर्देशक निर्माता तथा, कोरीयोग्राफरले कुनै कसर बाँकी राखेका छैनन् । भिडीयोमा काल्पनीक प्रेममा डुवेकी युवतीको गहिरो सपनालाई परीको भेषमा मायाँको सुनौलो संसारमा उभ्याउनु तथा गीतमा प्रयोग गरिएको मेकअप तथा ड्रेसअप निकै चर्चाको पक्ष रहेको छ । राजिभ समरको कोरियोग्राफी रहेको गीतलाई अर्जुन तिवारी र टीमले खिचेका हुन् भने मनोज जोशी प्रोडक्सन म्यानेजर रहेको यस गीतको भिडियोमा सम्पादन र कलर सुप्रिम पराजुलीले गर्नुभएको छ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video