केकीको ‘कोहलपुर एक्प्रेस’ अब चैत्र २३मै सरर

काठमाण्डौ ।
केकी अधिकारी निर्मीत फिल्म ‘कोहलपुर एक्सप्रेस’ यही साल प्रदर्शनमा आउने भएको छ । बैशाख १४ गते बाट केकीको फिल्म चैत २३ मा सरेको हो । बलिउड फिल्म ‘२.०’ बैशाख १४ मै आउने भएपछि केकी आफ्नो फिल्म सार्न बाध्य भएकी हुन् । अब केकीको ‘कोहलपुर एक्सप्रेस’ र नायिका साम्राज्ञीराज्य लक्ष्मी शाह अभिनित फिल्म ‘तिमी सँग’ एकसाथ लाग्नेभएका छन् ।

‘हामीले रिलिज डेट चैत २३ लाई लक गरेका छौ’ निर्देशक विशाल भण्डारीले भने, ‘सुटिङ सकिसकेको छ। अब चलचित्र प्रचार प्रसारमा पनि जुट्छौं ।’ म्युजिक भिडियो निर्देशन भण्डारी ‘कोहलपुर एक्सप्रेस’ फिचर फिल्म निर्देशक भएका हुन् । फिल्ममा केकी अधिकारी, प्रियंका कार्की, ऋचा शर्मा, रविन्द्र झा , बुद्धि तामाङ, बिनोद न्यौपाने , बिनोद पौडेल, बालकलाकार कुशाग्र भट्टराई लगायत कलाकारहरुको अभिनय रहेको छ भने रिमा विश्वकर्मा पनि चलचित्रमा एक गीतको नृत्यमार्फत दर्शक माझ प्रश्तुत हुने भएकी छन् ।


शान बस्न्यातको लेखन रहेको फिल्म ‘कोहलपुर एक्सप्रेस’ लाई अर्जुन तिवारीले खिचेका हुन् भने फिल्ममा अर्जुन पोखरेल, राजनराज सिवाकोटी तथा काली प्रसाद बाँस्कोटाको संगीत रहेको छ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video