मोड्लिङ क्षेत्रमा जमेकी भावना अब नायिकाको परिचय पनि थप्दै (यस्तो छ फोटो फिचर )

काठमाडौं पुस, १०–

लामो समयदेखि मोड्लिङ क्षेत्रमा लागेर आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकी मोडल भावना गुरुङको अब केही दिनमै अर्को पनि परिचय थपिने लगभग निश्चित जस्तै छ । अबको केही दिन पछि मोडल गुरुङको परिचयमा मोडल तथा नायिका भावना गुरुङ भनेर पनि थपिने भावनाले बताउने गरेकी छिन् । हुन त भावना गुरुङले यसअघि  एउटा गुरुङ भाषाको चलचित्रमा पनि नायिकाको भूमिका निर्वाह गरिसकेकोे हामीसँगको भेटमा बताएकी छिन् । तर, त्यो चलचित्रले उनलाई सोचे जस्तै नायिकाको परिचय थप्न भने नसकेको उनको भनाई छ ।

 

उनले नेपाली सिनेमा उद्योगमा आफ्नो फरक पहिचान बनाउने लक्ष बोकेकी छिन् । अहिलेसम्म आफूले खोजेको जस्तो कथा बस्तु बोकेको नेपाली चलचित्र नपाउदा चलचित्र क्षेत्रमा पाईला चाल्न केही बिलम्ब भएको उनको तर्क छ । मैले फिल्म खेल्न पाउनुपर्छ भनेर जुन पायो त्यही निर्माण टिमसँग फिल्मको अपेक्षा नराखेकाले पनि उनको नेपाली सिनेमाको यात्रा केही समय ढिला भएको नायिका गुरुङको भनाई छ । भावनामा नायिकामा हुनुपर्ने सबै गुण प्रष्ट देखिन्छ ।

उनीमा सुन्दरताको खानी पनि त्यतिकै छ । भावनाले एउटा नेपाली चलचित्रमा अभिनय गरेकी छिन् । मोड्लिङमा राम्रै जमेकी भावनाले  नेपाली चलचित्र ‘स्वर्ग मेरो गाँउ’मा अभिनय गरेकी हुन् । यतिबेला चलचित्र ‘स्वर्ग मेरो गाँउ’ प्रदर्शनको तयारीमा रहेको छ । सायद चलचित्र प्रदर्शनको तयारीमा रहेकाले होला नेपाली सिने बजारमा मोडल तथा नायिका भावनाको पनि ह्वात्तै चर्चा बढेको छ ।

चलचित्र ‘स्वर्ग मेरो गाँउ’ माघ १२ गतेदेखि देशैभर प्रदर्शनमा आउने तयारीमा रहेको, चलचित्र निर्माण युनिटको भनाई रहेको छ । चलचित्रमा युवाहरुले आफ्नो गाँउलाई स्वर्ग बनाउन के गर्नुपर्छ भन्ने कुरालाई कथावस्तु बनाएको नायिका गुरुङले जानकारी दिईन् । पछिल्लो समय गाँउ घर छाडेर शहरबजारमा बस्न रुचाउने तथा देशै छोडेर गाँउलाई माया मार्नेहरुलाई चलचित्रले सन्देश दिन खोजेको बताईएको छ । युवाहरुलाई लक्षित गरेर निर्माण गरिएको यो चलचित्रमा नायिका गुरुङसँगै नायक नारायण खड्का, रामकृष्ण बजगाईं शशी लम्शाल, सुजाता थापा,अष्ट महर्जन लगायत कलाकारको मुख्य अभिनय रहेको छ । चलचित्रलाई चर्चित नेपाली फिल्म ‘ठुल्दाई’ को निर्देशन गरिसकेका निर्देशक रामकृष्ण बजगाईंले निर्देशन गरेका हुन् ।

गल्यामरस दुनियामा सक्रिय रहेपनि मोड्लिङ क्षेत्रमै रमाएकी भावना आफ्ना सहकर्मीहरुले चलचित्र क्षेत्रमा परिचय बनाईसक्दा ढिलै नेपाली सिने क्षेत्रमा प्रवेश गरेकी छिन् । तर, उनी प्रदर्शनको तयारीमा रहेको यो चलचित्रबाट आफ्नो परिचय सफल नेपाली नायिकामा दर्ज हुने आशामा समेत रहेकी छिन् ।

सफल चलचित्र दिएर नेपाली सिने उद्योगलाई सफल उद्योगको रुपमा विकास गर्ने  उनको आशा समेत रहेको छ । करिब एक दर्जन जति म्युजिक भिडियोमा अभिनय गरिसकेकी मोडल गुरुङको चलचित्र यात्रा कस्तो हुनेछ त्यो भने माघ १२ पछि मात्र भन्न सकिन्छ । तर,यतिबेला नायिका गुरुङले भने भर्खरै फोटो सेसन गरेर भ्याएको बताउछिन् । उनले यस्तो संयोग जुराएकी छिन की अहिले गरिएको फोटो सेसन गुरुङ समुदायको महान पर्व लोहेछारलाई समेत लक्षित गरेकी हुन् ।

सँधैभरी बोल्ड तथा सेक्सी गेट अपमा देखिने नायिका गुरुङलाई यो पटक भने उनका फ्यानहरुले गुरुङको पहिरनमा देख्न पाउने भएका छन् । यद्यपि, उनी आफ्नै समुदायको पहिरनमा पनि निकै सुन्दरी तथा सेक्सीनै देखिएकी छिन् । उनका तस्विरहरु हेर्दा लाग्छ उनका फ्यानहरु  निराश हुनुपर्ने अवस्था पटक्कै देखिदैन ।

 

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video