चलचित्र ‘ह्याप्पी डेज’ को ट्रेलर सार्वजनिक, हेर्नुस ट्रेलर (भिडियो सहित)

पुस, १० काठमाडौं–
नेपाली चलचित्र ‘ह्याप्पी डेज’ को ट्रेलर सार्वजनिक गरिएको छ । आईतबार पत्रकार सम्मेलनको आयोजना गरेर सो चलचित्रको ट्रेलर सार्वजनिक गरिएको निर्माण युनिटले जनाएको छ ।

निर्माण गर्दाको समयदेखिै नै चर्चाको विषय बन्दै आएको बहुप्रतीक्षित चलचित्र ‘ह्याप्पी डेज’को प्रदर्शन मिति माघ १२ गते तोकिएको छ । चाम्स इन्टरटेनमेन्ट र लन्डन सिने आईको प्रस्तुति रहेको यस चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, संजय गुप्ता, दिया पुनलगायत विभिन्न कलाकारको अभिनय रहेको छ । चलचित्रको कथा सञ्चारकर्मी नरेश भट्टराई र निर्देशक दिनेश राउतले संयुक्त रुपमा लेखेका हुन् ।

तारा प्रकाश लिम्बुको संगीत रहेको चलचित्रमा सम्पादनकार्यको जिम्मेवारी अर्जुन जिसीले पूरा गरेका छन् । अशोक बंशल, भवानी शर्मा, हिरालाल जोशी र मिलन चाम्स निर्माता रहेको चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका हुन् । रामकुमार केसीको छायांकन रहेको चलचित्रमा कविराज गहतराजको नृत्य निर्देशन रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video