पिंजडा ब्याक अगेनको आइटम गीत रिलिज

काठमाडौं पुस, १०
सोमबार चलचित्र पिंजडा ब्याक अगेनको आइटम गीत रिलिज गरिएको छ । माघ ४ लाई प्रदर्शन मिति तय गरेको फिल्म पिंजडा ब्याक अगेनको आइटम गीत युट्युवमा रिलिज गरिएको हो । युट्युवमा गीतको भिडियो अपलोड छैन् । भिडियो सार्वजनिक गर्दा कथावस्तु बाहिर आउने कुरामा सचेत हुँदै निर्माण टिमले लिरिकल भिडियो बाहिर ल्याएको हो ।

शशी रावलको स्वर तथा बसन्त सापकोटाले संगीत रहेको बल्यो धप धप यो जवानी बोलको गीत रिलिज गरिएको हो । जसमा डा. कृष्णहरी बरालले गीतको शब्द लेखेका हुन् । निर्देशक हिमाल केसीको निर्देशनमा तयार भएको झिल्मको प्रस्तुतकर्ता श्रीराम बराल रहेका छन् । चलचित्रका मुख्य कलाकारहरुमा निखिल उप्रेती, सारा शिर्पाली, ज्याक श्रेष्ठ, बिना थापा, सुश्मिता केसी, पुकार भट्टराई, कुशाग्र भट्टराई, भोलाराज सापकोटा लगायत लगायत रहेका छन् । साथै रामजी लामिछानेको कोरियोग्राफी रहेको चलचित्रमा रोहित पुरी, गोविन्द गैरे, चन्द्र बहादुर क्षेत्री निर्माता रहेका छन् भने रमेश सुवेदी र बाबुराजा सिह सह निर्माता हुन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video