पिंजाडा ब्याक अगेनको आइटम गीत सार्बजनिक, देखीएन निखील र साराको आइटम नृत्य

काठमाण्डौ ।
माघ ४ गतेबाट प्रदर्शनको तयारीमा रहेको एक्सन स्टार निखिल उप्रेती अभिनीत फिल्म ‘पिंजडा व्याक अगेन’को आइटम गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । डा. कृष्णहरी बरालको गीतका शब्द ’बल्यो धप धप यो जवानी’ बोलको गीतमा शशी रावलको उत्कृष्ट स्वर छ भने बसन्त सापकोटाले गीतको संगीत कम्पोज गरेका छन् । कथावस्तु बाहिर आउने डरले निर्माण पक्षले गीतको भिडियो भने सार्वजनिक नगर्ने निर्णय गरेको जानकारी प्राप्त भएको छ । निखिल उप्रेतिको डेब्यु चलचित्र ’पिंजडा’ जुन नेम सिक्वेलका रुपमा पिंजडा ब्याकअगेनका रुपमा द्वन्द्व निर्देशक हिमाल केसीले निर्देशन गरेका हुन् ।

मौनता श्रेष्ठको लेखनमा तयार भएको यस फिल्ममा निखिल उप्रेती, सारा सिर्पाली, सुस्मिता केसी, पुकार भट्टराई, ज्याक श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ । ‘पिंजडा व्याक अगेन’लाई ओम शाही भक्त मुभिज र ओम साइ मौलाकालिका पिक्चर्सले संयुक्त रुपमा निर्माण गरेको हो । सुशान्त श्रेष्ठ र बसन्त शर्मा कार्यकारी निर्माता रहेको फिल्मका प्रस्तुतकर्ता श्रीराम बराल हुन् भने फिल्मलाई सौरभ लामाले खिचेको हुन् । फिल्ममा रोहित पुरी, गोविन्द गैरे र चन्द्र बहादुर क्षेत्रीको लगानी रहेको छ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video