अनमोल केसीको ‘कृ’ मा के छ त्यस्तो कुरा ? जहाँ ट्रेलरमै भयो हजारौ कमेन्टको बर्षा

काठमाडौं पुस, ११–
करिब दुई साता अघि सार्वजनिक नेपाली सिनेमाका स्टारडम अनमोल केसी अभिनित फिल्म ‘कृ’को ट्रेलर अत्याधिक दर्शकले मन पराएका छन् । फिल्म ‘कृ’ ट्रेलर लामो समय नेपालको नम्बर १ ट्रेन्डिङमा बस्न सफल भएको छ । साढे १५ लाख भन्दा बढी दर्शकले हेरेको ट्रेलरमा ७ हजार भन्दा बढी त कमेन्टनै आएका छन् ।

फिल्मको ट्रेलरमा अभिनेता अनमोलको नौलो गेटअप, द्वन्दको शैलि तथा अभिनेत्री अदिती वुढाथोकी र खलपात्र अनुप विक्रम शाहीको गेटअपलाई अत्याधिक रुचाईएको पाईएको छ । नायिका अदितीले पनि यो फिल्मबाट निकै संभावना बोकेको सिनेनगरीमा अड्कल काट्न थालिएको छ ।

फिल्म ‘कृ’ को निर्माण युनिटले ट्रेलर हिट भएपछि अब क्लब गीत सार्वजनिक गर्ने तयारी समेत गरेको छ । फिल्ममा समावेश ‘यति यति पानी गंगै रानी’ बोल रहेको गीत डिसेम्बर ३१ तारिखमा रिलिज गर्ने तयारी गरिएको छ । अंग्रेजी नयाँ बर्षको शुभकामना स्वरुप गीत सार्वजनिक गर्न लागिएको निर्माण टोलीको भनाई छ ।

यो गीतमा अनमोल केसी क्लबमा नाचेका छन् । रेनशा वान्तवा राइले कोरियोग्राफी गरेको गीतलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । दर्शकले अनमोलको यस्तो नृत्य शैली यस अगाडिका फिल्ममा नदेखेको रेनशाको दाबी छ । यो गीतमा अल्मोडा राना उप्रेती र मिस्टर आरजेको स्वर, मिस्टर आरजेकै शब्द तथा संगीत छ ।

सुरेन्द्र पौडेलको निर्देशनमा तयार भएको फिल्मा सुवास गिरी र भूवन केसीले मिलेर बनाएका हुन् । कमल गिरी फिल्मको कार्यकारी निर्माता हुन् । त्यस्तै, श्री पराजुली फिल्मका सह–निर्माता हुन् । सुवास इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मलाई द सुपर काजोल फिल्मस्ले प्रस्तुत गरेको हो । फिल्म ‘कृ’ माघ २६ गतेबाट दशैभर प्रदर्शनमा आउने भएको छ ।
अन्त्यमा यो पनि हेर्नुहोसः

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video