सडक दुर्घटनामा परि अभिनेत्री थापाको निधन

काठमाडौं पुस १३–
बुधबार सडक दुर्घटनामा परि अभिनेत्री तथा मोडल बिना थापाको निधन भएको छ । बा.२ ख ८९४ नम्बरको पानी ट्याङकरले अभिनेत्री तथा मोडल थापा चढेको बा.५५ प १३८७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ठक्कर लगत्तै उनलाई उपचारका लागि बीर अस्पतालमा पुर्याईएको र उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले बताएको छ । ठक्कर दिने ट्याङकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

२७ बर्षीया अभिनेत्री थापा गुल्मीको मुसिकोट गाउँपालिका २ की स्थायी बासिन्दा हुन् । फिल्म र नाटकमा अभिनयसँगै म्युजिक भिडियोमा पनि मोडलिङ गर्दै आएकी थापा राजधानीको धापासीमा बस्दै आएकी थिइन् ।
रिलिजको तयारीमा रहेको फिल्म ‘पिंजडा ब्याक अगेन’ मा उनको अभिनय रहेको छ ।

फिल्म ‘पिंजडा ब्याक अगेन’ टिमले बिनाको निधनबाट एउटा होनाहार कलाकार गुमाएको भन्दै व्यक्त गरेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video