नामको झमेला बेहोरेको चलचित्र ‘गाँजा बाजा’ को गीत रिलिजसँगै प्रदर्शन मिति पनि तय

काठमाडौं पुस, १३–
नामकाबारेमा अनाबश्यक विवाद झेलेको नेपाली चलचित्र ‘गाँजा बाजा’ ले प्रदर्शनको मिति घोषणा सहित पहिलोपटक एउटा गीत पनि सार्वजनिक गरेको छ । चलचित्र विकास बोर्डले नाममै आपत्ती जनाउदै चलचित्र ‘गाँजा बाजा’ लाई विवादमा तान्ने काम गरेको फिल्म निर्माण युनिटको भनाई रहेको छ । डिआर फिल्मस्ले विज्ञप्ति मार्फत फागुन २५ गतेबाट यो चलचित्र प्रदर्शनमा आउने जनाएको हो ।

चलचित्रमा निख एण्ड जटाको संगीत र जटावेदा बेनर्जीको स्वर रहेको ‘ह्याप्पी ह्याप्पी मुड’ बोलको सार्वजनिक गरिएको हो । सामान्य चल्तिमा रहेका गीत भन्दा यो गीत केही फरक शैलीको रहेको छ । यसमा संगीतकारले केही नयाँ फरक गर्न खोजेका छन् । हेरौ दर्शक श्रोताले कसरी लिन्छन् त्यो भने प्रतिक्षामा रहेको छ ।

२ यूवाको कथालाई समेटेर तयार पारिएको चलचित्रमा गणेशदेव पाण्डेको लेखन तथा निर्देशन रहेको छ । यो चलचित्रमा अनुपम शर्मा, सुशील सिटौला, रविन थापा, उद्दव भट्टराई, अम्बर सुवेदी, वर्षा सिवाकोटी, रक्षा श्रेष्ठ, जीवन भट्टराई, गोपाल अर्याल, कुविर सुब्बा लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।

डीआर फिल्मस् र टुका इन्टरटेनमेन्टले संयूक्त रुपमा निर्माण गरेको चलचित्रमा याकोपो रास्लिकको छायांकन तथा लोकेश बज्राचार्यको सम्पादन रहेको छ । दिपेन्द्र रेग्मी र गोमा विष्ट थापा चलचित्रको निर्माता रहेका छन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video