प्रदर्शनको समय नजिकिदै गर्दा चलचित्र ‘बटरफ्लाई’ को शीर्ष गीत सार्वजनिक(यस्तो छ भिडियो)

काठमाडौं पुस, १३–
प्रदर्शनमा आउनु करिब २ साता अघि नेपाली चलचित्र ‘बटरफ्लाई’को शीर्ष गीत सार्वजनिक गरिएको छ । पुस २८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रको ‘टाइटल गीत’ आज सार्वजनिक गरिएको हो ।

 

चलचित्र निर्माण टिमले यसअघि सार्वजनिक गरेको ‘म गाउँदिन अब गीत गजल’ गीत युट्युवमा अत्याधिक हिट भैरहेकोबेला आज शीर्ष गीत पनि सार्वजनिक गरेको हो । यसअघि सार्वजनिक भएको गीतलाई युट्युवमा करिब १० लाख जनाले हेरिसकेका छन् । आज सार्वजनिक गरिएको शीर्ष गीतमा विकास चौधरीको संगीत रहेको छ भने युवराज चौलागाईंको स्वर रहेको छ ।

शब्द भने सुरज लामिछानेको रहेको छ । शीर्ष गीतमा आर्यन अधिकारी र प्रियंका कार्कीको फिचरिङ रहेको गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । त्यस्तै, आर्यन र प्रियंकासँगै अर्पण थापा, रविन्द्र खड्का, पुरज थापा, सुष्मा कार्की, सुरविर पण्डित, मोहन निरौंला, राम बुढाथोकी र माधव पण्डित लगायत कलाकारहरुको मुख्य अभिनय रहेको छ ।

चलचित्रमा तीन जना संगीतकारहरु क्रमश, अर्जुन पोखरेल, विकास चौधरी तथा दिपक शर्माले संयुक्त रुपमा काम गरेका छन् । ओम प्रतिक गुरुङको निर्देशनमा तयार भएको चलचित्रमा रमेश प्रजापति कार्यकारी निर्माता हुन् भने सरोज शाह र मन्दिल श्रेष्ठ सह निर्माता रहेका छन् । त्यस्तै, मुख्य निर्मातामा पुष्पाञ्जली अधिकारी (सखा), रामशरण राना र भुपेन्द्र सुवेदी रहेका छन् । अर्जुन जिसी र मन्दिल श्रेष्ठले संयुक्त रुपमा सम्पादनको काम गरेको चलचित्रलाई सुरेश बज्राचार्यले खिचेका हुन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video