सलमानको ‘नेपाल टुर’ मा कैटरिना पनि साथमा, अरु को को आउदै छन बलिउड कलाकार ?

काठमाडौं पुस, १३–
नेपालमा रहेका बलिउड फिल्मका पारखीहरु यतिबेला बलिउडका सुपरस्टार नायक सलमान खान नेपाल आउने कुराले निकै हौसिएका छन् । बलिउड नायक नेपाल आउने खबरले यतिबेला नेपाली सिनेबजारमा व्यापक चर्चा पाउन थालेको छ ।

सलमानको नेपाल यात्रालाई भारतीय मिडियाले सलमानको ‘दबंग नेपाल टुर’ भनेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गरेका छन् । त्यति मात्र होईन उनीहरुले नायक सलमानसँगै चर्चित नायिका कैटरिना पनि नेपालमा आयोजना हुने कार्यक्रममा सहभागी हुने खबरले नेपाली सिने बजारमा ह्वात्तै चर्चा चुलिएको छ । मार्च १० तारिखमा सलमान सँगै उनको सम्पूर्ण टिमले टुंडिखेलमा प्रस्तुती दिने पक्का भैसकेको छ ।

नायक सलमानको केही दिन अघि रिलिज भएको फिल्म ‘टाइगर जिन्दा है’ को ‘स्वाग से स्वागत’ गीत पछि सलमानको दबंग नेपाल टुरमा कैटरिना पनि थपिएको हो । सलमान र कैटरिनासँगै टुरमा प्रभुदेवा, डेजी शाह , सोनाक्षी सिन्हा , ज्याक्लिन फ्रेनान्डिज, लगायतको सहभागीता रहनेछ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video