चलचित्र ‘शत्रु गते’ को बहु चर्चित गीत ‘रुपै मोहनी’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं पुस, १४–
नेपाली चलचित्र उद्योगमा अहिले निकै चर्चामा रहेको चलचित्र ‘शत्रु गते’ को ‘रुपै मोहनी’ बोलको गीत आज सार्वजनिक गरिएको छ । निर्देशक प्रदिप भट्टराईको निर्देशनमा तयार भएको यो चलचित्रमा महसञ्चारको प्रस्तुति रहेको छ । अहिले चर्चामा रहेका अधिकांश कलाकारहरु यो चलचित्रमा समाबेश भएकाले हुनुपर्छ यो चलचित्र छायांकनको बेलादेखिनै निकै चर्चा परिचर्चामा रहेको छ ।

त्यो बाहेक पनि आज रिलिज भएको गीत ‘रुपै मोहनी’ को छायांकन हुदा सामाजिक सञ्जालमा यस्को निकै चर्चा परिचर्चा समेत भएको छ । सामाजिक सञ्जालमा देखिएका क्रिया–प्रतिक्रियालाई हेर्ने हो भने यो चलचित्रको दर्शकहरुले व्यग्र प्रतिक्षा गरेका छन् । एउटै गीतको छायांकनमा मात्रै ३ दिन लागेको थियो । फिल्म निर्माण युनिटका अनुसार ३ दिन सम्म सुटिङ चलेको उक्त गीतमा १५ लाख रुपैया खर्च भएकिो थियो ।

लोकराज अधिकारीको शब्द रहेको यो गीतमा टंक अधिकारीले संगीत भरेका हुन् । संगीतकार टंक बुढाथोकी आफैले स्वर खिदएको यो गीतमा महिला स्वर भने मिना निरौलाको रहेको छ । कविराज गहतराजको कोरियोग्राफि रहेको यो गीतमा हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, आँचल शर्मा, पल शाह, शिवहरी पौड्याल, बसुन्धरा भुसाल लगायतलाई फिचर गरिएको छ ।

किरण केसीले करिब १६ बर्षपछि निर्माण गरेको चलचित्र हो यो । वीरगंज र काठमाण्डौमा छायाँङकन गरिएको यो चलचित्र चैत ९ गतेदेखि प्रदर्शनमा आउने मिति तय भएको छ । चलचित्रमा मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, आँचल शर्मा, पल शाह, किरण केसी, राजाराम पौड्याल, बसुन्धरा भुसाल शिवहरी पौड्याल, लगायतका कलाकारहरुको मुख्य भूमिका छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video