युरोपमा छायंकन गरिएको नेपाली चलचित्र ‘लिलिबिली’ को चर्चैचर्चा

काठमाडौं पुस, १४–
यतिबेला नेपाली चलचित्र ‘लिलिबिली’ को सिनेबजारमा निकै चर्चा परिचर्चा भैरहेको छ । भर्खर मात्र छायांकन सकिएको चलचित्र ‘लिलिबिली’ को मुख्य चर्चाको बिषय भनेको छायांकनको गरिएका स्थाननै मुख्य कारण हन् । बिदेशी भूमि त्यो पनि फरक फरक देशमा यो चलचित्रको छायांकन गरिएको छ ।

लन्डनबाट सुरु भएको ‘लिलिबिली’ को छायांकन स्कटल्याण्ड हुँदै टर्कीको स्थानबुलमा पुगेर बिट मारिएको हो । अन्तिममा स्थानबुलमा प्रदीप खड्का र प्रियंका कार्कीको फिचरिङ रहेको गीतको छायांकन सकिएपछि चलचित्रको सुटिङ प्याक गरिएको निर्माण युनिटको भनाई रहेको छ । बिदेशमा गरिनुपर्ने छायांकनको काम सकिएपनि नेपालमा अझैं छायांकन गर्नुपर्ने केही कुरा बाँकीनै रहेको बताईएको छ ।

काफिया फिल्मस्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भैरहेको चलचित्र ‘लिलिबिली’ को करिब ५० दिन त युरोपियन देशमा छायांकननै चलेको थियो । मिलन चाम्सको निर्देन रहेको चलचित्रमा निर्देशक चाम्स, गोविन्द शाही र सुदिप खड्काको लगानी रहेको छ ।

नेपाली नयाँ वर्षदेखि नेपालभर प्रदर्शन गर्ने तयारी गरिएको चलचित्रमा प्रियंका कार्की, प्रदीप खड्का, जसिता गुरुङ र अनुपविक्रम शाही लगायत कलाकारको मुख्य भूमिका रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video