चलचित्र ‘शत्रु गते’ को ‘रुपै मोहनी’ले २४ घण्टामै मार्यो यस्तो छलाङ्, तोडिए यसअघिका रेकर्ड

१५ पुस, काठमाडौं–
गीतको छायांकनदेखिनै निकै चर्चा कमाउन सफल नेपाली चलचित्र ‘शत्रु गते’ को ‘रुपै मोहनी’ बोलको गीतले समर्वजनिक भएको २४ घण्टामै नयाँ किर्तिंमान कायम गर्न सफल भएको छ । अंग्रेजी नयाँ बर्ष सुरु हुनु दुई दिन पहिले गीत रिलिज भएको यो चलचित्रको ‘रुपै मोहनी’ २४ घण्टा अवधीमा ८ लाख ४० हजार भन्दा बढीले युट्युवमा हेरीसकेका छन् ।

अहिलेसम्म कुनै पनि नेपाली फिल्मको कुनै पनि गीतले यति छोटो समयमा यो अवस्थाको भ्युज बनाउन सकेका थिएनन् । नेपाली सिने इतिहाँसमा यो नै पहिलो गीत बनेको जसले यति छोटो समयमा यति धेरै भ्युज बनाउन सफल भएको छ । यो गीत भन्दा पहिलेचलचित्र ‘छक्का पञ्जा २’ को ‘नाइलनको साडीमा’ ८ लाख पटक हेरिएको रेकर्ड थियो । जुन् यो चलचित्रको ‘रुपै मोहनी’ले तोडेको छ ।

उक्त गीतका संगीतकार टंक बुढाथोकी आफैले पुरुष सवर दिएका छन भने महिलामा मिना निरौलाको स्वर रहेको छ । लोकराज अधिकारीको शब्द रहेको गीतमा नेपाली सिने जगतकै चर्चित कलाकारहरु पल शाह आँचल शर्मा, हरिवंश आचार्य दिपाश्री निरौला तथा दिपकराज गिरी र प्रियंका कार्कीको जोडी सहित फिचरिङ रहेको छ ।
नेपाली युट्युव ट्रेण्डिङको दोस्रो स्थानमा रहेको यो गीत कविराज गहतराजको निर्देशन रहेको छ भने छायांकनमा दिर्घ गुरुङ रहेका छन्

 

यो गीतको छायांकन गर्न मात्र तीन दिन लागेको थियो भने करिब १५ लाख रुपैया खर्च भएको निर्माण युनिटको भनाई रहेको छ ।
प्रदिप भट्टराईको निर्देशनमा बनेको चलचित्रलाई मह सञ्चारले निर्माण गरेको हो । चैत्र ९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रमा माथि नाम उल्लेख गरिएका कलाकारहरुको अलवा शिवहरी पौड्याल, बसुन्धरा भुषाल, रमेशरञ्जन झा, मोहित आचार्य लगायतको मुख्य अभिनय रहेको छ ।

 

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video