नेपाली चलचित्र ‘ए सोल्टिनी’ को पोष्टर, गीत र ट्रेलर एकैपटक सार्वजनिक(भिडियो सहित)

काठमाडौं पुस, १६–
शुक्रबार नेपाली चलचित्र ‘ए सोल्टिनी’ को पोस्टर, गीत र ट्रेलर एकैपटक सार्वजनिक गरिएको छ । जिम्बा फिल्मस् प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको चलचित्रलाई निमा लामा तामाङले निर्देशन गरेका हुन् । दिलकुमार घलान तामाङले निर्माण गरेको चलचित्रमा सबिन श्रेष्ठ, अर्जुन गुरुङ, जयनन्द लामा, मन्जु श्रेष्ठ, ज्ञानबहादुर जिम्बा, गंगा रानामगर, अनिता गोले,बिबि रानामगर, सम्झना श्रेष्ठ, शेरबहादुर थिङलगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।

उक्त पोष्टर, गीत र ट्रेलर सार्वजनिक कार्यक्रममा यो चलचित्रका निर्देशक निमा, निर्माता दिलकुमार, अभिनेता सबिन,अर्जुन, द्धन्द्ध निर्देशक योगेन्द्र श्रेष्ठ, ज्ञानबहादुरलगायतले संयुक्त रुपमा ए सोल्टिनीको पोस्टर सार्वजनीक गरेका हुन् ।
कार्यक्रममा बोल्दे निर्माता दिलकुमारले ‘ए सोल्टिनी’ पहिला बिभिन्न देशमा बिशेष शो गरिने र त्यसपछि मात्रै नेपालमा प्रदर्शन गरिने बताए । उनले आफूहरुले निकै मिहिनेतका साथ फिल्म निर्माण गरेकाले सफलता प्राप्त गर्ने आशा ब्यक्त गरे ।

तामाङ भाषाका भण्डै एक दर्जन फिल्म निर्देशन गरिसकेका निर्देशक निमाको ‘ए सोल्टिनी’ पहिलो नेपाली चलचित्र हो । उनले ‘ए सोल्टिनी’ पछि दोषी को र परदेशले लुटेको सपना नामक नेपाली फिल्म निर्देशन गरेका छन् । कार्यक्रममा निर्देशक निमाले ए सोल्टिनी निकै रमाइलो फिल्म भएकाले दर्शकले मन पराउने बिश्वास ब्यक्त गरे ।

अभिनेता सबिनले ए सोल्टिनी मिठो फिल्म बनेकाले दर्शकले मन पराउनेमा आफू बिश्वस्त भएको बताए । उनले फिल्मको स्क्रिप्ट मन परेकाले अभिनय गरेको बताउदै नयां टिमसंग काम गर्दा बेग्लै अनुभव भएको सुनँए । अर्का कलाकार अर्जुन गुरुङले पनि ए सोल्टिनीमा आफूले निकै दमदार भूमिका निर्वाह गरेको सुनाउदै दर्शकले फिल्म मन पराउने आश ब्यक्त गरे । द्धन्द्ध निर्देशक योगेन्द्र श्रेष्ठले ए सोल्टिनीको सफलताको कामना ब्यक्त गरे ।
काठमाडौ उपत्यका वरिपरि खिचीएको फिल्मको प्रस्तुतकर्तामा पूर्णी तामाङ छिन् । बिश्वास भण्डारीले छायांकन तथा सम्पादन रहेको फिल्ममा सोमलाल बाइवा र बिनय केटुको संगीत छ । राज गोलेले द्धन्द्ध निर्देशन गरेको फिल्मको कोरियोग्राफी अभि लामाले गरेका हुन् । सार्वजनीक ट्रेलरमा कमेडी र प्रेम प्रस्तुत गरिएको छ ।
ट्रेलर हेर्नुस्–

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video