अनमोल केसीको बहुप्रतिक्षित चलचित्र ‘कृ’ को ‘यति यति पानी’ सार्वजनिक(भिडियो)

काठमाडौं पुस, १६–
नेपाली सिने जगतमा बहुत चर्चामा रहेको नेपाली चलचित्र ‘कृ’ को गीत सार्वजनिक गरिएको छ । चलचित्र ‘कृ’ को ‘यति यति पानी’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो ।

ट्रेलर सार्वजनिक गरिएको करिब तीनसाता पछि यो चलचित्रको गीत सार्वजनिक गरिएको हो । चक्लेटी अनुहारका नायक अनमोल केसीलाई एक्सन अबतारमा प्रस्तुत गरिएकाले पनि यो चलचित्रको निकै चर्चा परिचर्चा भएको छ । ट्रेलर सार्वजनिक गरिएको एक हप्तासम्म ट्रेन्डिङमा नम्बर एकमा बस्न सफल भएको चलचित्रको टे«लरलाई युट्यवमा अत्याधिक मन पराईएको देखियो । यो चलचित्रलाई अत्याधिक प्रतिक्षा गरिएको यसको ट्रेलरमा आएका कमेन्टहरुले पनि जनाउछन् ।

माघ २६ गते प्रदर्शनको मिति सार्वजनिक भैसकेको यो चलचित्र निकै प्रतिक्षित चलचित्रको रुपमा रहेको चलचित्र समेत हो । मिस्टर आरजेको शब्द ,संगीत रहेको गीतमा अल्मोडा राना उप्रेती र मिस्टर आरजेको स्वर रहेको छ । रेनशा वान्तवा राइको कोरियोग्राफी रहेको गीतमा पुरुषोत्तम प्रधानको छायांकन रहेको छ । यो क्लब गीतमा चलचित्रका मुख्य नायक अनमोल केसीलाई फिचरिङ गरिएको छ । काठमाण्डौको डेजाभू र राजु पेन्टरले निर्माण गरेको भव्य सेटमा खिचिएको गीतको भिडियोमा अनमोलले निकै मिहिनेत गरेको उनको प्रस्तुतिले प्रष्ट देखाउछ ।

अनमोलले आफ्नो एक्सन क्षमता प्रदर्शन गरेको ट्रेलरमा देखिसकेकबा दर्शकले उनको नृत्यकलाको पनि खुलेर प्रशंसा गर्ने पक्का जस्तै छ । द सुपर काजोल फिल्मस्को प्रस्तुती रहेको चलचित्र सुवास इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो । सुरेन्द्र पौडेलले निर्देशन गरेको चलचित्रमा कमल गिरी कार्यकारी निर्माता रहेका छन् भने श्री पराजुली सहनिर्माताको रुपमा देखिएका छन् । माघ २६ गते प्रदर्शनमा ल्याउने तयारी गरिएको चलचित्रमा अनमोल केसी, अदिती वुढाथोकी, अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video