पत्रकारको जन्मदिनमा सिनेकर्मीहरुको घुइचो ( फोटो भिडियो फिचर )

नेपाली चलचित्र पत्रकारितामा आफ्नो बेग्लै पहिचान बनाएका पत्रकार उत्सव रसाइलीले भर्खरै आफ्नो जन्मदिन मनाएका छन् । नेपाली सिनेजगतका चर्चित कलाकारहरुको बीच आफ्नो जन्मदिनको खुशी मनाउन पाउँदा पत्रकार उत्सव एकदमै खुशी देखिन्थे । पेशाले चलचित्र पत्रकार भएपनि नेपाली चलचित्र जगतमा आफ्नो छुट्टै क्रेज बनाएका उत्सव आफ्नो जन्मदिनको पार्टीमा कुनै चर्चित सेलिब्रिटी भन्दा कम देखिएका थिएनन ।

उनको जन्मदिनको केक नायिका स्वेता खड्काले उपलब्ध गराएकी थिइन् भने उक्त विशेष कार्यक्रममा नेपाली चलचित्रका चर्चित नायिकाहरु करिश्मा मानन्धर, संचिता लुइँटेल उप्रेती, वर्षा शिवाकोटी, पुजा शर्मा, पुर्व मिस नेपाल तथा नायिका मलिन जोशी नायकहरु रमेश उप्रेती, जितु नेपाल, नायक तथा निर्देशक आकाश अधिकारी देखि अहिलेकी चर्चित निर्देशक तथा नायिका दिपाश्री निरौला, नेपाल चलचित्र विकास बोर्डकी नव नियुक्त अध्यक्ष निकिता पौडेल लगायतका नेपाली चलचित्रका चिरपरिचित अनुहारहरु तथा संचारकर्मीहरुको बाक्लो उपस्थिति थियो ।

नेपाली चलचित्र क्षेत्रका जल्दाबल्दा पत्रकार उत्सव रसाइलीलाई सुत्र इन्टरटेन्मेन्टको तर्फबाट जन्मदिनको धेरै धेरै शुभकामना ।

भिडियो





भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video