चलचित्र ‘ए सोल्टिनी’ को झुम्ताना झुम्ताना गीत सार्वजनिक(भिडियो)

काठमाडौं पुस, २२–
गएको साता मात्र चलचित्र ‘ए सोल्टिनी’ को पोस्टर, गीत र ट्रेलर एकैपटक सार्वजनिक गरिएको थियो । पत्रकार सम्मेलन मार्फत पोस्टर, गीत र ट्रेलर सार्वजनिक गरिएकोमा आज उक्त चलचित्रको ‘झुमताना झुमताना’ बोलको गीत पनि सार्वजनकि गरिएको छ ।

निमा तामाङ लामाको निर्देशनमा बनेको ‘ए सोल्टिनी’को उक्त गीतमा शुभ तामाङ र निर्मला घिसिङको आबाज रहेको छ । सुनलाल वाइवाको शब्द र संगीत रहेको गीतको भिडियोमा सबिन श्रेष्ठ, गंगा राना, ज्ञानवहादुर जिम्बालगायतले नृत्य गरेका छन् । अभि लामाले कोरियोग्राफी गरेको गीत लोकभाकाको गीत बिश्वास भण्डारीले खिचेका हुन् ।

दिलकुमार घलान तामाङले निर्माण गरेको चलचित्र जिम्बा फिल्मस् प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको हो । फिल्ममा सबिन श्रेष्ठ, अर्जुन गुरुङ, जयनन्द लामा, मन्जु श्रेष्ठ, ज्ञानबहादुर जिम्बा, गंगा रानामगर, अनिता गोले,बिबि रानामगर, सम्झना श्रेष्ठ, शेरबहादुर थिङलगायतका कलाकारले अभिनय गरेका छन् । काठमाडौ उपत्यका वरिपरि छायांकन गरिएको चलचित्रको प्रस्तुतकर्ता पूर्णी तामाङ रहेका छन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video