बाहुबली ३ मा काम गर्न तयार छैन : प्रभास

सुपरहिट चलचित्र बाहुबलीको दुबै सिक्वेलबाट चर्चा कमाएका दक्षिण भारतीय सुपरस्टार प्रभासले एक संचारमाध्यममा दिएको अन्तर्वार्तामा अब बाहुबलीको अर्को सिक्वेलमा काम नगर्ने बताएका छन् ।

‘बाहुबली ३ मा काम गर्नको तयार हुनुहुन्छ ?’ भन्ने प्रश्नमा प्रभासले एक्टिङ्ग करियरको पनि एउटा सिमित समय हुने भएकोले बाहुबली जस्तो ठुलो चलचित्रको लागि आफ्नो पुरै समय दिनुपर्ने भएको र आफुले कुनै एउटा चलचित्रको लागि मात्र चार पाँच वर्ष समय दिन आफु तयार नभएको बताए । यदि अर्को चलचित्र संग संगै गर्न पाए बाहुबली ३ पनि गर्ने बताए । अहिले प्रभास एक्सन थ्रिलर फिल्म साहो को शुटिंगमा व्यस्त छन् । उक्त चलचित्रमा प्रभासका साथमा श्रद्दा कपुर र नील नितिन मुकेशलाई पनि देख्न सकिनेछ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video