विश्वकै नम्बर एक सिंगिङ रियालिटि शो अब नेपालमा !

काठमाडौं माघ, १६–
विश्बकै चचिर्त एवंम महंगो रियालिटि शो “द भ्वाइस” नेपाल भित्रिने संकेत देखिएको छ । टेलिभिजनकै इतिहासमा पहिलो पटक सर्वाधिक चर्चा पाउन सफल गायन रियालिटि ‘शो’ नेपाल आइडलको निर्देशन गरेर चर्चामा आएका लक्ष्मण पौडेलले फेसबुक स्टाट्स मार्फत “गुगलको रेटिङ्गमा भ्वाइस नम्बर एक मा” ।

अपडेट गरे लगत्तै केहि क्षणमा यसै टिमका अर्को सदस्य फिरोज तिमल्सीनाको वालमा पनि आयो ,,“IMDBको रेटिङ्गमा “ द भ्वाइस” एक नम्बरमा ”

अपडेट गरे लगत्तै केहि क्षणमा यसै टिमका अर्को सदस्य फिरोज तिमल्सीनाको वालमा पनि आयो ,“,“IMDB को रेटिङ्गमा “ द भ्वाइस” एक नम्बरमा ”

यसले के कुरा संकेत गर्दछ भने रियालिटि शो “द भ्वाइस” नेपाल भित्रिने पक्का पक्कि देखिएको छ । केहि समय अघि आइडल भब्यता पूर्वक सकेका निर्देशकले अचानक एपि १ टेलिभिजन छोडेको समाचार आएको केहि महिनामै यस्तो इस्ट्याटसले संगित साधकहरुमा तरंग ल्याईदिएको छ ।
हुनत करिब एब महिना अगाडि निर्देशक सहित रियालिटि हेड फिरोज तिमल्सीना नेदरल्याण्ड्स प्रस्थान गरेका थिए र हामीले अनलाईन अध्ययन गर्दा “द भ्वाइस” युरोपेलि कम्पनी “टाल्पा” को रहेको थाहा हुन आएको छ ।

“द भ्वाइस” संसारको सबैभन्दा ठुलो र सबैभन्दा महंगो सिङ्गिग रियालिटि शो हो । यो विश्वभरमा अमेरिका ,अफ्रिका, नेदरल्याण्ड्स, अष्टेलिया,भारत लगाएत करिब १९२ देशहरुमा भब्बयताका साथ सम्पन्न भईसकेको छ भने अमेरिकामा हाल यो शो को १३ औ संस्करण सम्पन्न भइसकेको छ । आधिकारिक रुपमा यो टिमको सदस्यहरु बाट कुनै जानकारी नआएता पनि उनिहरुको फेसबुक स्टाट्स बाट “द भ्वाइस” अब नेपालमा भित्रिने संकेत भने आईसकेको छ ।

भर्खरै सम्पन्न नेपाल आइडलको निर्देशक लक्ष्मण पौडेललेनै निर्देशन गर्न थालेको “द भ्वाइस” मा पनि नेपाल आइडलकै संचालक शुसिल नेपाल,रियालिटि हेड फिरोज तिमल्सीना,चिफ क्यमराम्यान शिवराम श्रेष्ठ,ट्यालेन्ट हेड करण राज कार्की ,पोस्ट प्रोडक्सन हेड सोहन मानन्धर लगाएतका जम्बो टिम बनिसकेको सुन्नमा आएको छ । साथै नेदरल्याण्ड्स बाट पनि आधा दर्जन भन्दा बढि ग्लोबल टेक्नीकल टिम आउँने जानकारीमा आएको छ ।

यदि यहि टिमले “भ्वाइस” ल्याएको खण्डमा “द भ्वाइस” पनि नेपालको नम्बर १ सो नहुनेमा कुनै शंकै रहेन, नेपालको नम्बर १ सो “नेपाल आइडल” भब्बयताका साथ सम्पन्न गरेको टिमले नेपाल आइडल छोडेपछि अब आउने आइडलको अर्को सिजन उत्तिकै हाईप, उत्तिकै सफलता पाउने हो अथवा पाउँदैन भन्ने कुरामा पनि शंका उत्पन्न हुन थालेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video