नायिका साम्राज्ञीको दुई विवाद प्रकरणः ‘गाउँले मन नपर्ने’ भनाईबारे साम्राज्ञीको यस्तो जवाफ

काठमाडौं  : विभिन्न समयमा विभिन्न हर्कत गरेर चर्चामा आईरहने नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह आजभोलि पनि उनका विवादास्पद हर्कतका कारण चर्चामा आएकी छिन् । केही समयदेखि नायिका शाह उनका दुई विवादास्पद कुराका कारण सामाजिक सञ्जालमा भाइरल हुन पुगेकी छिन् । उनी आफूले बोलेका विवादास्पद शब्द तथा आफ्ना तश्विर सामाजिक सञ्जालमा पोष्ट भएका कारण विवादमा तानिएकी हुन् ।

उनले ‘गाउँले क्यारेक्टर’ मन पर्दैन भन्ने दिएको अभिव्यक्ति तथा बक्षस्थलमा कोरिएको ट्याटुसहितको तश्विरले निकै विवादमा तानिएकी छिन् अभिनेत्री साम्राज्ञी । यतिबेला उनका दुबै कुरा सामाजिक सञ्जालदेखि मिडिया र ब्लगसम्म चारैतिर भाईरल बनिरहेका छन् । साम्राज्ञीले एउटा काण्डको बचाउ गर्न बोल्दा अर्को काण्ड घट्न पुगेको हो । उनले ट्याटु काण्डमा गलत अर्थ नलगाउन बोलेकी थिईन् । यद्यपि उनले गाउँले पात्र नगरेको भन्ने आरोपित समाचारलाई भने खण्डन गरेकी छिन् ।

उनले आफ्नो अफिसियल फेसबुक पेजमा स्टाटस लेख्दै आफ्नो विवादमा तानिएको भनाईलाई सच्याउने प्रयास गरेकी छिन् । उनले निकै लामो स्टाटसमा लेखेर उक्त कुरा जनाएकी हुन् । साम्राज्ञीले यो प्रकारका सबै समाचार तथा स्टाटसप्रति आपत्ति समेत जनाएकी छिन् । ‘साम्राज्ञी लाइ गाउँले मन पर्दैन’ भन्ने शिर्षकमा सम्प्रेषित समाचारले गलत सन्देश दिन पुगेको कारण दर्शकहरुको मनमा पक्कै पनि चोट पुगेको भन्दै आफु नेपाली कला क्षेत्रमा बामे सर्दै गरेकी सिकारु कलाकार भएकोले सबै किसिमका क्यारेक्टर र भूमिका हरु उत्तिकै प्यारा लाग्ने साम्राज्ञीले लेखेकी छिन् ।

सबै प्रकारका भूमिकाहरु निर्वाह गर्न पाए मैले केहि नयाँ कुरा सिक्न पाउने थिएँ भन्ने आशा मेरो मनमा लागिरहेको हुन्छ, उनले लेखेकी छिन्, ‘त्यसमाथि म मेरो देशका सबै भूभाग र सबै भूभागका रहन सहन, बोलीचाली र भेषभुषा लाइ उत्तिकै सम्मान गर्ने मान्छे हुँ । केहि कामको चाप अनि समयको अभाव र कार्य व्यस्तता को कारण मैले आफुलाई आएका केहि अफर हरुमा काम गर्न सक्ने अवस्था थिएन त्यो मेरो नितान्त निजि मामला थियो ।

नायिका साम्राज्ञीले अशोक शर्माको निर्माण निर्देशनमा बन्ने एक फिल्मको गाउँले क्यारेक्टरलाई छोडेको प्रसङ्ग जोडिएर आएका समाचारलाई संकेत गर्दै उनले थपेकी छिन्, ‘स्क्रिप्ट मन परेको थियो काम गर्ने टीम मन परेको थियो सबै कुरा मन परेर पनि समय अभावको कारण मैले त्यो प्रोजेक्टमा काम गर्न सकिन । मैले मलाइ दिईएको भूमिका मन नपरेर फिल्ममा काम नगरेको पनि होइन, मलाइ गाउँले जीवनशैली मन नपरेर काम नगरेको पनि होइन ।’

‘कुनै वार्तालाप कुनै मिटिंग या कुनै समारोह मा मैले “मलाइ गाउले मन पर्दैन” भन्ने अभिव्यक्ति दिएकी पनि छैन, न त कहिल्यै त्यस्तो अभिव्यक्ति मैले दिने नै छु किनकि म हाम्रो देशको हरेक परिवेश लाइ उत्तिकै सम्मान गर्दछु र समय र परिस्थिति मिलेमा सबै परिवेश र सबै किशिमका जीवन शैली देखिने भूमिकामा अभिनय गर्न तयार पनि छु !

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video