यस्तो रह्यो कलाकारको ‘होली’, ‘शत्रु गते’ को जम्बो टोलीसँगै कलाकारहरुको बेजोड प्रस्तुति(भिडियो)

काठमाडौं–
यो पटकको होली पर्वमा नेपाली सिने क्षेत्रका चर्चित तथा बरिष्ठ कलाकारहरुले बेजोड प्रस्तुति प्रस्तुत गरेका छन् । रङ्गको पर्व होलीमा बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दिपकराज गिरीदेखि दीपाश्री तथा सन्दिप क्षेत्रिसम्मले दर्शकलाई भरपुर मनोरञ्जन लिाएका थिए । कार्यक्रममा मह जोडिसँगै पुरानो चलचित्रको हामी पनि हुइकियौ बहिनी साझा बसैमा बोलको गीतमा हाँस्य कलाकारहरुको जम्बो टोलीनै नाचेका थिए ।

त्यस्तै, दीपा र दिपकको हाँस्य खुराकले दर्शकले पेट मिचिमिचि हँसाएका थिए । त्यस्तै, सिताराम कटेल ‘धुर्मुस’ तथा सन्दिप क्षेत्रिको प्रस्तुति पनि कम लोभलाग्दो थिएन । कार्यक्रममा कलाकार तथा ‘सत्रु गते’ का निर्माता किरण केसीको पनि सहभागीता रहेको थियो । कार्यक्रम रेडियो अडियोको आयोजनामा भएको हो ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video