तीन नेपाली चलचित्रको भाले भिडन्त, तर, कुन कुन ?

काठमाडौं–
तीन नेपाली चलचित्र ‘ब्लाइन्ड रक्स’, ‘नाका’ र ‘तिम्रै छोरी तरुनी हाम्लाई के को दोष’ शुक्रबारदेखि एकैसाथ प्रदर्शनमा आएका छन्ल । फ्राईडे रिलिज अन्तर्गत यो हप्ताको लागी एकसाथ प्रदर्शनमा आएका तीन वटै चलचित्र फरक जनराका छन् ।

तीन चलचित्र मध्ये ‘ब्लाइन्ड रक्स’ दृष्टिविहीन युवती सृष्टि केसीको जीवनमा आधारित हुँदा ‘नाका’ ले नाकामा हुने गरेका अवैध कारोबारहरुको कथा बोकेको छ भने, ‘तिम्रै छोरी तरुनी’ कमेडी कथालाई समेटेर बनेको छ ।

 

चलचित्र ‘ब्लाइन्ड रक्स’ मा अभिनेत्री वेनिशा हमालले सृष्टिको भूमिका निर्वाहा गरेकी छिन् । त्यस्तै, गौरी मल्लले सृष्टिको आमाको भूमिकामा निभाउदा अभिनेता अर्पण थापा प्रेमीको भूमिकामा देखिएका छन् । चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका हुन् भने निर्माता निकेश लिम्बु रहेका छन् । बुधवार मात्रै आयोजना प्रियिमर गरिएको चलचित्रले प्राप्त गरेको प्रतिक्रिया सुखद रहेको थियो ।

त्यस्तै, विभिन्न चरित्रको भूमिका निभाएर न्यायाय दिलाउन सफल विपिन कार्की स्टारर चलचित्र ‘नाका’लाई अमित श्रेष्ठले निर्देशन गरेका हुन् । विपिनले ‘पशुपतिप्रसाद’ मा भस्मे डन, ‘छडके’ मा विन्दु माझी र ‘जात्रा’ मा फणीन्द्र बनेर निकै चर्चा कमाउन सफल भैसकेका छन् । निर्देशक श्रेष्ठकै कथा रहेको ‘नाका’ मा थिन्ले ल्हामुले नायिकामा डेब्यु गरेकी छिन् ।चलचित्र ‘नाका’ मा रोबिन तामाङ, प्रकाश गन्धर्व, सजन थापामगर, रामभजन कामत, अभिषेक सुवेदी, केशव राई र घनश्याम जोशीको पनि अभिनय छ ।

उता सुधन घिताल र दिलाराम सापकोटाले निर्माण गरेको तथा अभिनेता जयकिशन बस्नेतको अभिनय रहेको चलचित्र ‘तिम्रै छोरी तरुनी हाम्लाई के को दोष’ प्रचार प्रसार विनानै हलमा पुगेको छ । निर्देशक सुरेश असिमले निर्देशन गरेको चलचित्रमा विष्णु सापकोटा, महिमा सिलवास लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

 

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video