रोकियो सलमानको नेपाल ‘दबंग द टुर’, यस्तो छ कारण

काठमाडौं फागुन, १८–
१० मार्चमा काठमाडौंमा आयोजना हुने भनिएको बलिउड अभिनेता सलमान खानको ‘दबंग द टुर’ कार्यक्रम स्थगित भएको छ । बिहिबार मात्रै विप्लव समूहले विज्ञप्तिमार्फत चेतावनी दिएसँगै सलमानले आफ्नो नेपाल आउने कार्यक्रम स्थगित भएको सन्देश पठाएका हुन् ।

टुँडिखेलमा हुने शोमा अभिनेत्री सानोक्षी सिन्हा, प्रभु देवा, मनिष पल लगायतका कलाकार पनि उपस्थित हुने जनाइएको थियो ।नेपालमा विकाशकारी भूकम्प र नाकाबन्दीपछि पर्यटन क्षेत्रमा परेको नकारात्मक प्रचार कम गर्ने भन्दै नेपाल सुरक्षित गन्तव्य भएको सन्देश दिन कार्यक्रम गर्न लागिएको आयोजकले बताएको थियो ।

ओडीसी इन्टरनेसनको आयोजनमा हुन लागेको कार्यक्रमको औपचारिक रुपमा शो स्थगित घोषणा भने गरिएको छैन । यद्यपि, सलमान खानको टिमसँग अहिले पनि सम्वाद भइरहेको आयोजकको भनाई छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video